• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

राजावादी आन्दोलनमा भारतको कुनै समर्थन छैन:- देउवा

  •  माउण्टेन संवाददाता
  • २०८१ चैत्र २५, सोमबार २०:१४ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौं, चैत्र २५ गते / नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राजावादी आन्दोलनमा भारतको कुनै समर्थन नरहेको बताएका छन् ।

    गणेशमान सिंह फाउन्डेशनले सोमबार काठमाडौंमा आयोजना गरेको ‘नेपाल-भारत सम्बन्ध सुदृढ गर्न भारतका पूर्वप्रधानमन्त्री चन्द्रशेखरले पु¥याउनुभएको योगदान’ विषयक गोष्ठीमा देउवाले राजावादी आन्दोलनमा योगी आदित्यनाथको फोटो प्रदर्शन भए पनि भारतीय नेताहरुको राजावादी आन्दोलनमा कुनै समर्थन नरहेको बताएका हुन् ।

    नेपालको गणतन्त्रमा आफ्नो पूर्ण समर्थन रहेको र आफू नेपालको संविधान र व्यवस्थाविरुद्ध नरहेको भनी योगी आदित्यनाथले गरेको प्रतिबद्धताप्रति उनले धन्यवाद दिए ।

    सभापति देउवाले नेपाल-भारतबीचको सम्बन्ध निकै प्रगाढ र राम्रो रहेको धारणा राखे ।

    उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारतले छिट्टै बोलाएको खण्डका दुई देशबीचको सम्बन्ध अझ सुधार हुने जिकिर गरे । दुई देशबीच कुनै समस्या आए वार्तामार्फत

    समाधान गर्न सकिने उनको भनाइ छ ।

    सभापति देउवाले गणतान्त्रिक व्यवस्थालाई सुदृढ पार्न आफूहरु लागिपरेको उल्लेख गरे ।

    नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले नेपाल-भारत सम्बन्धलाई थप बलियो बनाउन प्रजातन्त्रले महत्वपूर्ण आधार प्रदान गर्ने बताए ।

    लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ पार्ने अभियानमा आफूहरु रहेको भन्दै उनले लोकतन्त्रमा आलोचना हुने विषयलाई स्वाभाविक रुपमा लिनुपर्ने धारणा राखे ।

    उनले जनताको असन्तुष्टिलाई भड्काउने र धमिलो पानीमा माछा मार्ने प्रयास अनुचित भएको बताए ।

     

     

     

    नेपाल प्रेस/ साभार

    Post Views: 243
    प्रकाशित मिति: २०८१ चैत्र २५, सोमबार २०:१४
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित
    • १. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • २. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.