• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

कोइका द्वारा निर्मित किशोर-किशोरी मैत्रि स्वास्थ्य भवन हस्तान्तरण

  •  माउण्टेन संवाददाता
  • २०८१ फाल्गुन २७, मंगलवार २३:३६ प्रकाशित
    • अ-
    • अ
    • अ+

    बर्दिया, फागुन २७ गते / बर्दियाको बारबर्दिया नगरपालिका बाड नं १ को जोधिपुरमा किशोर किशोरी मैत्रि स्वास्थ्य भवन हस्तान्तरण गरिएको छ ।

    कोरिया अन्तराष्ट्रिय सहयोग नियोग(कोइका)को आर्थिक सहयोग तथा प्लान इन्टरनेशनल नेपाल संगको साझेदारिमा राधाकृष्ण थारु जनसेवा केन्द बर्दियाबाट संचालित किशोरकिशोरी यौन तथा प्रजनन स्वास्थ्य र अधिकार परियोजना अन्तर्गत पहाडीपुर आधारभुत स्वास्थ्य केन्द्र बारबर्दिया १ जोधिपुरको प्राङ्गणमा निर्माण गरिएको एकिकृत किशोर किशोरी मैत्रि स्वास्थ्य भवन फागुन २७ गते मंगलबार एक कार्यक्रमका बिच लुम्बिनी प्रदेश सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिना र प्लान नेपाल राष्ट्रिय निदेृशक राम किशनले सयुक्त रुपमा भवन  हस्तान्तरण गरेको परियोजनाका संयोजक सुरज अर्यालले बताए । सन २०२४ देखि सन २०२६ सम्म ३ बर्षको यस परियोजना रहेको तथा हाल यो परियोजना सुचारु भएको दोस्रो बर्ष भएको समेत परियोजना संयोजक अर्यालले भने ।

    किशोरकिशोरी यौन तथा प्रजनन स्वास्थ्य र अधिकार परियोजना अन्तर्गत बर्दिया जिल्लाको ५ वटा स्थानीय तहहरु गुलरिया नगरपालिका, मधुवन नगरपालिका, बारबर्दिया नगरपालिका, ठाकुरबाबा नगरपालिका र गेरुवा गाँउपालिका रहेको उनले जानकारी दिए ।

    करिब ४७ लाख रुपैयामा निर्माण सम्पन्न भएको यय किशोर किशोरी मैत्रि स्वास्थ्य भवनमा किशोरकिशोरिहरुका लागि परामर्श कक्षका साथ किशोरकिशोरिका अन्य सेवाका साथै बहुउद्देशीय हल समेत रहेको अर्यालले बताए ।

    किशोरकिशोरीका यौन तथा प्रजनन स्वस्थ्यलाई प्रवधर्न गर्दै किशोरकिशोरीको जीवन शैलि स्वस्थ बनाउनु मुख्य उद्देश्य रहेको अर्यालले भने ।
    यस परियोजनाले विभिन्न कृयाकिलाप संचालनबाट किशोरकिशोरीहरुको सर्वाङ्गिक विकासका लागि सम्बन्धित सरोकारवालाहरु संग किशोरकिशोरीहरुको जीवन शैलि स्वस्थ बनाउनका निम्ति किशोरकिशोरी मैत्रि वातावरण सृजनाका लागि विभिन्न किसिमका कार्यहरु गरिरहेको समेत अर्यालले बताए ।


    हस्तातरण कार्यक्रममा बारबर्दिया नगरपालिकाका नगरप्रमुख छविलाल थारु, उपप्रमुख रत्ना पाण्डे, राधाकृष्ण थारु जनसेवा केन्द्र बर्दियाका दिनेश श्रेष्ठ र बारबर्दिया नगरपालिका बडा नं १ का बडा अध्यक्ष कैलाशपति थारु, बारबर्दिया नगरपालिकाका प्रवक्ता एवं बारबर्दिया नगरपालिका बडा नं ४ का बडा अध्यक्ष सिताराम योगि, बडा नं २ बडा अध्यक्ष रामफेरन थारु लगायत स्थानीय र सरोकारवाताहरुको उपस्थिती रहेको थियो ।

    Post Views: 500
    प्रकाशित मिति: २०८१ फाल्गुन २७, मंगलवार २३:३६
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?
    हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’
    ताजा अपडेट
    • १. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • २. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ३. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    • ४. ०४८ यता सार्वजनिक पदमा रहेकाको सम्पत्ति छानबिन गर्न १५ दिनभित्र समिति गठन

    • ५. एफएटीएफको सर्त : उच्चपदस्थको सम्पत्ति छानबिन मात्र होइन, जफत नै गर्नुपर्छ

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.