बर्दिया(गुलरिया), फागुन २६ गते / गुलरिया नगरपालिका वडा नं १ को कार्यालयले बडाका स्थानीय जेष्ठ नागरिकलाई घरदैलोमै पुगेर स्वास्थ्य सेवाका सुरुवात गरेको छ ।

घरदैलोमा पुगेर जेष्ठ नागरिकहरुका लागि स्वास्थ्य सेवा दिने औपचारिक कार्यक्रम को सुरुवात गरिएको गुलरिया नगरपालिका बडा नं १ का बडा अध्यक्ष जोगिराम थारुले बताए ।

फागुन २५ गते आइतबार गुलरिया नगरपालिका वडा नम्बर १ का स्थानीय जेष्ठ नागरिकहरुको स्वास्थ्य चेकजाँच गरि कार्यक्रमको सुरुवात गरिएको थियो । स्थानीय जेष्ठ नागरिकहरुलाई स्वास्थ्य कार्यालय जान असहज हुने हुदा जेष्ठ नागरिक प्रतिको उत्तरदायित्व समेत बडा कार्यालयको रहेकोले घरदैलोमै पुगेर स्वास्थ्य चेकजाँचको सुभारम्भ गरिएको समेते बडा अध्यक्ष थारुले जानकारी दिए ।

गुलरिया नगरपालिका बाड नं १ मा अवस्थित खैरापुर स्वास्थ्य चौकीको सहजिकरण स्वास्थ्य चेकजाँचको सुरुवात गरिएको र ७० बर्ष माथिका जेष्ठ नागरिकहरुलाई दिने सेवा अन्य क्षेत्रमा पनि विस्तार गर्दै लैजाने कार्यक्रम रहेको समेत गुलरिया नगरपालिका बाड नं १ का बडा सदस्य प्रेम यादवले जानकारी दिए ।




