• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

नेपाल हङकङसँग मात्र दुई रनले पराजित

  •  माउण्टेन संवाददाता
  • २०८१ फाल्गुन २६, सोमबार २१:५४ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौँ । युगाण्डामा भइरहेको चार देशीय टी–२० महिला क्रिकेट श्रृंखलाको तेस्रो खेलमा नेपाल पराजित भएको छ । नेपाल हङकङसँग मात्र दुई रनले पराजित भएको हो । नेपालले १०१ रनको चुनौती पछ्याउने क्रममा निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा ९८ रन बनायो । कप्तान इन्दू बर्माले सर्वाधिक रन जोड्ने क्रममा ३३ बलमा ३२ रन बनाइन् ।त्यस्तै पूजा महतोले १९ तथा बिन्दू रावलले १४ रन बनाइन् । त्यस्तै रोमा थापाले अविजित रहँदै १२ बलमा १३ रन बनाइन् ।

    खेलमा नेपालले टस जितेर पहिले बलिङ गर्दै हङकङलाई सय रनमै रोक्यो । हङकङले ७ विकेटको क्षतिमा सय रन बनाएको हो ।

    कप्तान नताशा माइल्सले ३५ रन बनाइन् । नेपालका लागि ईश्वरी विष्ट र ईन्दू बर्माले समान २–२ तथा पूजा महतो र रचनाकुमारी चौधरीले १–१ विकेट लिइन् ।

    यो श्रृंखलामा नेपालले खेलेका तीन खेलमध्ये एक जित र दुई हार बेहोरेको छ । त्यस्तै हङकङले तीन खेलमा दुई जित र एक हार बेहोरेको छ ।

    पहिलो चरण सकिएसँगै नेपालले दोस्रो चरणमा बुधबार (मार्च १२) नामिबियाविरुद्ध खेल्नेछ । पहिलो खेलमा नेपाल नामिबियासँग पराजित भएको थियो ।

    त्यस्तै बिहीबार युगाण्डाविरुद्ध र शुक्रबार फेरि हङकङविरुद्ध खेल्ने तालिका रहेको छ ।

    त्यसपछि मार्च १६ मा अंक तालिकामा पहिलो र दोस्रो हुने तथा तेस्रो र चौथो हुने देशबीच खेल हुने तालिका रहेको छ ।

    Post Views: 321
    प्रकाशित मिति: २०८१ फाल्गुन २६, सोमबार २१:५४
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.