दलित महिला संघले दलितका सवालमा विगत लामो समय देखी आवाज उठाउँदै आएको छ । बर्दियाका पालिकाहरुमा दलित महिला संघले सहकार्य गर्दै आएको छ ।

फागुन २३ गते विहिवार दलित महिला संघले जातीय विभेदको आधारमा कोही पनि पिडीत नहोस भन्ने उद्देश्यले बर्दियाका संचारकर्मी हरुसँग जातीय विभेद न्यूनिकरण गर्नका लागी संचारकर्मीको भूमिका विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ।
विगत लामो समयदेखी बर्दिया जिल्लामा काम गर्दै आएको दलित महिला संघले कुनै पनि समाजका व्यक्ति लिँग ,जाती विभेदको आधारमा कोहीपनि अपमानित हुन नपरोस भन्ने कुरामा वकालत गर्दै आएको दलित महिला संघ की अध्यक्ष हिमा सुनारले बताउनु भयो ।
नेपाल पत्रकार महासंघ बर्दियाका अध्यक्ष निर्मल घिमीरेको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा सहभागी संचारकर्मी हरुले जातीय विवेद विरुद्ध लगायत सामाजिक कुरीती विरुद्ध समय समयमा आफ्नो संचारमाध्यम बाट आवाज उठाउँदै आएको बताए ।
कार्यक्रममा आफ्नो भनाई राख्दै नेपाल पत्रकार महासंघ बर्दियाका अध्यक्ष निर्मल घिमिरेले बर्दियाका सञ्चारकर्मीले सबै पक्षलाई समेटेर कलम चलाउनु पर्ने बताउनु भयो । घिमीरेले मानव अधिकारका उलङ्घन र जातिय बिभेदका विषयमा सम्पूर्ण संञ्चारकर्मीले आगमी दिनमा समेत कलम चलाउने वहाले बताउनु भयो।




