बर्दियाका महिला कृषकलाई प्राङ्गारिक मलको उत्पादन र प्रयोग सम्बन्धि तालिम दिइएको छ ।

गुलरिया नगरपालिका वडा नं ४ र ५ , गेरुवा गाउँपालिका ५ र ६ का साथै मधुवन नगरपालिका वडा नं ३ का महिला किसानलाई प्राङ्गारिक मलको उत्पादन र प्रयोग सम्बन्धि तालिम २०८१ साल माघ २३ गते देखी सञचालनमा रहेको छ ।
थारू महिला उत्थान केन्द्रले सञ्चालन गर्दै आएको तलिममा जिल्लाका करीब ५ सय महिला किसान लाई तालिम दिने लक्ष्य अनुरुप हाल सम्म २ सय ६५ जना महिला किसानले तालिम प्राप्त गरी सकेको थारू महिला उत्थान केन्द्र की कार्यकारी निर्देशक प्रिज्मा सिंह थारुले बताए ।
रासायनिक मलको अत्यधिक प्रयोगले माटो बिग्रने भएकाले किसानलाई प्राङ्गारिक झोल मलको प्रयोगमा प्रोत्साहन गर्नका लागि पनि तालिम दिइएको थारुले बताइन ।
प्राङ्गारिक मलको प्रयोगबाट उत्पादन हुने खाद्य वस्तुले मानिसको स्वास्थ्यमा समेत हानी नपुग्ने भएकाले स्थानीय महिला किसानले स्थानीय स्तर मा सजिलै पाइने बस्तु बाट मल बनाउन सकिने निर्देशक थारुको भनाई रहेको छ।
मधुवन नगरपालिका वडा नं ३ वाट सुरु भएको कार्यक्रम लाई निरन्तरता दिदै आगामी दिनमा प्राङ्गारिक मल को उत्पादन तथा प्रयोगले माटो समेत जोगाउन मद्दत गर्ने प्रशिक्षक तेजमणी पन्तको भनाई रहेको छ।
प्रशिक्षकका अनुसार प्राङ्गारिक मल बनाउदा लसुन, खुर्सानी, प्याज, पिसाब, गोबर, अम्बाको पात आँपको पात पाकेको मेवा , असुरोको पात , निमको पात , र केराको बोक्रा प्रयोग गर्ने गरेको भनाई रहेको छ ।
“सामन्य बुझन्ने भाषामा प्राङ्गारिक झोल मल ” भनेर बुझ्ने गरिन्छ । एस्ले बिरुवा लाई मल, पानी, बिसाधी र भिटामिन को पनि काम गर्ने भएकोले किसान लाइ बहु उपयोगी जैविक झोल मल बनाउन सिकाएको पन्तले बताए ।
मुख्य मल बनाउदा गर्मिको समयमा २० दिन र चिसो मौसममा १ महिना सम्म राखेर १ गिलास झोललाई १० गिलास बनाई सिंचाई गर्न सकिने पन्तको भनाई रहेको छ।




