• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

पानी जहाजमा जागिर लगाइदिने प्रलोभनमा कैलाली र बर्दियाका २ सय युवा ठगीको सिकार

  •  
  • २०८१ फाल्गुन २१, बुधबार ०९:२८ प्रकाशित
    • अ-
    • अ
    • अ+

    धनगढी, फागुन २१ गते / कैलाली र बर्दियाका करिब २ सय युवा ठगीको सिकार भएका छन्। पानी जहाजमा आकर्षक जागिर लगाइदिने भन्दै एक गिरोहले उनीहरूलाई झन्डै चार करोड रुपैयाँ ठगेको छ।

    बर्दिया, राजापुर नगरपालिका–५ पहाडीपुरका ३६ वर्षीय हिमांशु चौधरी र कैलाली, जानकी गाउँपालिका पथरैयाका मनोज चौधरी ठगीमा संलग्न रहेको खुलेको छ। उनीहरूले गाउँ–गाउँमा आफ्ना एजेन्ट पठाई युवाहरूसँग सम्पर्क गरेका थिए।

    गिरोहले युवाहरूलाई भारतको लखनउस्थित ‘समुद्री ज्ञान मारिन एकेडेमी’ मा पानी जहाजसम्बन्धी तालिमसमेत दिएको थियो। डेढ वर्षअघि पहिलो चरणमा १५ दिने सुरक्षा तालिम दिइएको थियो भने २०८१ सालको दसैँअघि दोस्रो चरणको दुई महिनाको थप तालिम प्रदान गरिएको थियो।

    प्रत्येक पीडितले दुईदेखि पाँच लाख रुपैयाँसम्म बुझाएका थिए। कोहीले नगद तिरे भने कोहीले बैंक चेकमार्फत रकम दिएका थिए। तालिम पूरा गरेपछि २० दिनभित्र जागिरमा पठाइने आश्वासन दिइएको थियो।

    तर, लामो समय बित्दा पनि जागिरको कुनै खबर नआएपछि युवाहरूले गिरोहको खोजी गरे। बर्दियाको राजापुरबाट हिमांशु चौधरीलाई समातेर जवाफ माग्दा उनले विभिन्न बैंक तथा वित्तीय संस्थाका चेक दिए। तर, ती चेक बाउन्स भएपछि युवाहरू ठगिएको थाहा पाए।

    गिरोहले भारतको मुम्बई लगिएका ३० मध्ये २१ जना घर फर्किए पनि ९ जना अझै अलपत्र परेका छन्। पीडित अनुराग थारुले आफूहरूलाई मासिक डेढ लाख कमाइ हुने भन्दै लोभ्याइएको बताए। राम्रो अवसरको आशामा कतिपयले आफ्नो सानो व्यवसाय वा जागिर छोडेर गएको खुल्न आएको छ।

    धेरै युवाहरूले वित्तीय संस्था र सहकारीबाट ऋण लिएर रकम बुझाएका थिए। जागिर नपाउँदा उनीहरू अहिले ऋणको ब्याज तिर्नसमेत असमर्थ भएका छन्। जानकी गाउँपालिका–८ भगरैयाका विष्णु चौधरीका अनुसार उनीहरूले इलाका प्रहरी कार्यालय, राजापुर बर्दिया र टीकापुरमा उजुरी दिन खोजे। तर, प्रहरीले उजुरी लिन मानेन। पछि इलाका प्रशासन कार्यालय, टीकापुरमा पुगेपछि प्रशासनले श्रम विभागमा जान सुझाव दियो।

    पीडितहरू न्यायको खोजीमा छन् तर सम्बन्धित निकायबाट सहयोग नपाउँदा थप तनावमा परेका छन्। अब उनीहरू कानुनी प्रक्रियामा जाने तयारीमा रहेको बताइरहेका छन्।

     

     

     

    साभार रातोपाटी

    Post Views: 398
    प्रकाशित मिति: २०८१ फाल्गुन २१, बुधबार ०९:२८
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.