• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

बर्दियामा मोटरसाइकल दुर्घटना हुदा एक जनाको मृत्युु

  •  माउण्टेन संवाददाता
  • २०८१ फाल्गुन १६, शुक्रबार ०७:३५ प्रकाशित
    • अ-
    • अ
    • अ+

    बर्दिया, फागुन १६ / बर्दियामा मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको बर्दिया प्रहरीले जानकारी दिएको छ । बर्दियाको भुरीगाउँ -गुलरिया सडकखण्ड अन्तर्गत ठाकुरबाबा नगरपालिका बाड नं ३ को बगनाहा बजार नजिक फागुन १५ गते बिहीबार राति मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकलमा सवार एक जनाको ज्यान गएको प्रहरीले बताएको छ । दुर्घटनामा मोटरसाइकल चालक गम्भीर घाइते भएका प्रहरीले जनाएको छ ।

    दुर्घटना स्थल चुरे क्याम्पस गेटको कल्भर्ट नजिक भुरिगाउँ बजारबाट बनकट्टि घर तर्फ जाने क्रममा भे १२ प ११०८ नम्बरको मोटरसाइकल र भे १ स ८६३२ नम्बरको अटो ठोक्किदा ठाकुरबाबा नगरपालिका ५ का मोटरसाइकलमा सवार ५८ वर्षिय दरवारी थारुको ज्यान गएको प्रहरीले बताएको छ । यसैगरी दुर्घटनामा ठाकुरबाबा नगरपालिका ५ का मोटरसाइकल चालक ६० वर्षिय माक्खुराम थारु घाइते भएको समेत प्रहरीले जानकारी दिएको छ ।

    दुर्घटना भए लगत्तै घाइते दुवै जनालाई ठाकुरबाबा नगर अस्पताल भुरिगाउँ लगिएकोमा मोटरसाइकलमा सवार दरवारी थारुलाई चिकित्सकले मृत घोषणा गरेका प्रहरीले जनाएको छ । गम्भीर घाइते भएका मोटरसाइकल चालकलाई थप उपचारका लागि राति नै नेपालगञ्ज मेडिकल कलेज लगिएको र आइसियुमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

    अटो चालक ठाकुरबाबा नगरपालिका २ तिनघरुवाका ४७ वर्षिय धनिराम थारुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटना बारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    Post Views: 468
    प्रकाशित मिति: २०८१ फाल्गुन १६, शुक्रबार ०७:३५
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?
    हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’
    ताजा अपडेट
    • १. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • २. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ३. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    • ४. ०४८ यता सार्वजनिक पदमा रहेकाको सम्पत्ति छानबिन गर्न १५ दिनभित्र समिति गठन

    • ५. एफएटीएफको सर्त : उच्चपदस्थको सम्पत्ति छानबिन मात्र होइन, जफत नै गर्नुपर्छ

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.