• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

नेपाल १३ औँ पटक चुक्यो उपाधि जित्न, फाइनलमा म्यानमारसँग पराजित

  •  माउण्टेन संवाददाता
  • २०८१ फाल्गुन १४, बुधबार २२:२६ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौँ, फागुन १४ गते / नेपाल फेरि अर्को अन्तर्राष्ट्रिय महिला प्रतियोगितामा उपाधि जित्नबाट चुकेको छ । दशरथ रंगशालामा भएको अन्तर्राष्ट्रिय महिला च्याम्पियनशिप फुटबलको फाइनलमा बुधबार म्यानमारसँग पराजित भएसँगै नेपाल उपाधि जित्नबाट चुकेको हो ।नेपाल म्यानमारसँग २–० ले पराजित भयो । नेपालले दुई मिनेटमा दुई गोल खाएसँगै २–० ले पराजित भएको हो । खेलको ६२ औँ मिनेटमा नेपालले पहिलो गोल खायो भने ६४ औँ मिनेटमा अर्को गोल खायो ।

    यसअघि नेपालले लगातार आक्रमण गरेको भए पनि आधा दर्जन गोल गर्ने अवसर खेर फालेको थियो ।

    नेपाल अहिलेसम्म १३ पटक उपविजेता भएको छ । सन् १९८२ देखि निरन्तर अन्तर्राष्ट्रिय फुटबल खेलेको महिला टिमले एक पटक पनि उपाधि जित्न सकेको छैन ।

    नेपालले पछिल्लो १५ वर्षमा आफ्नो १३ औँ फाइनलमा पनि हार बेहोरेको हो ।

    यसअघि १२ फाइनलमा हार्दा नेपालले साफ च्याम्पियशिपको छ वटा फाइनलमा उपविजेतामा चित्त बुझाएको छ । त्यस्तै सन् २०१०, २०१६ र २०१९ को साग गेम्सको स्वर्ण पदकका लागि भएको खेलमा नेपाल भारतसँग पराजित भएको थियो ।

    नेपाल साफ च्याम्पियनशिपमा ६ पटक २०१०, २०१२, २०१४, २०१९, २०२२ र २०२४ मा फाइनल खेलेको थियो भने साग गेम्समा ३ पटक २०१०, २०१६ र २०१९मा फाइनल खेलेको थियो ।

    त्यस्तै नाडेज्दा कप २०१९ मा फाइनलमा उज्वेकिस्तानसँग पराजित भएको थियो भने हिरो वुमन्स गोल्डकपको फाइनलमा २०१९ मा म्यानमारसँग पराजित भएको थियो ।

    त्यस्तै वाफ वुमन्सको फाइनलमा २०२४ मा जोर्डनसँग पराजित भएको थियो भने यस पटक इन्टरनेसनल वुमन्स च्याम्पियनशिपमा म्यानमारसँग पराजित भएको हो ।

    यो प्रतियोगितामा कीर्गिस्तान र लेबननसमेत रहेका थिए । दुवै टिमलाई पराजित गर्दै नेपाल र म्यानमार फाइनलमा पुगेका थिए ।

    लिग चरणमा नेपाल र म्यानमारले २–२ गोलको बराबरी खेलेका थिए । सो बराबरीका कारण नेपालको मनोबल बढेको भए पनि फिता वरीयतामा दोब्बर संख्याले पछाडि रहेको नेपालले फाइनलमा भने हार बेहोर्नु पर्यो ।

    म्यानमार फिफाको वरीयतामा ५५ औँ स्थानमा रहेको छ भने नेपाल १०३ औँ स्थानमा रहेको छ ।

    दुई टिमबीच आपसमा ६ खेल भएकामा ४ खेल म्यानमारले जितेको छ भने २ खेलमा बराबरी भएको छ ।

    Post Views: 234
    प्रकाशित मिति: २०८१ फाल्गुन १४, बुधबार २२:२६
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित
    • १. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • २. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.