बर्दिया, माघ ३० गते / बर्दियाको बारबर्दिया नगरपालिका बडा नं ९ मा तास खेलिरहेको अवस्थामा बर्दिया प्रहरीले १७ जना जुवाडेलाई पक्राउ गरेको छ । आज माघ ३० गते बिहान करिब २ बजे ठुलो मात्रामा जुवा खेलिरहेको जानकारी प्राप्त गरे संगै बर्दियाको प्रहरीको टोलिले बर्दियाको बारबर्दिया नगरपालिका बडा नं ९ को सतखलुवा ताल नजिकको निराजन राजवंशीको होमस्टे घरबाट १७ जना जुवाडे पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरिक्षक केदार खनालले बताए ।


सुचना पाए संगै निराजन राजवंशीको घर खानतलासी गर्दा १७ जना जुवाडे का साथ नगद १ लाख ८२ हजार ६ सय ७० रुपैया भेटिएको समेत उपरिक्षक खनालले जानकारी दिए । पक्राउ परेका १७ जना जुवाडेलाई जिल्ला प्रहरी कार्यालय बर्दिया गुलरियामा राखिएको छ । पक्राउ परेकाहरुबाट ५ सेट तास समेत प्रहरीले जफत गरेको, जुवाडेका साथबाट २० थान मोबाइल समेत बरामत भएको प्रहरीले जानकारी दिएको छ । पक्राउ परेकाहरुको थप अनुसन्धान भईरहेको बर्दिया प्रहरीले जानकारी दिएको छ ।





