• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

चितवन जिल्ला अदालतले रवि लामिछानेलाई पठायो प्रहरीको जिम्मा

  •  माउण्टेन संवाददाता
  • २०८१ माघ २३, बुधबार २१:१७ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौँ, माघ २३ गते / राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेलाई सहकारी ठगी प्रकरणमा चितवन जिल्ला अदालतले प्रहरीको जिम्मा लगाएको छ ।अदालतले बिहीबार बिहान १० बजे उपस्थित गराउने गरी प्रहरी हिरासतमा राख्न आदेश गरेको छ । चितवनको सहारा बहुउद्देश्यीय सहकारी ठगी प्रकरणमा मुद्दा परेपछि अदालतमा उपस्थित भएका रविको बहस नसकिएकाले अदालतले हिरासतमा पठाउन आदेश दिएको हो ।न्यायाधीश दयाराम ढकालको इजलासले थुनछेक बहस नसकिएपछि बिहीबार उपस्थित गराउने गरी अदालतले लामिछानेलाई न्यायिक हिरासतमा राख्न प्रहरीसँगै पठाएको अदालतका सूचना अधिकारी अमृत विश्वकर्माले बताए ।

    सहारा सहकारीको ३८ करोड ९ लाख रुपैयाँ ठगी गरेको आरोपमा लामिछानेसहित ३२ जनाविरूद्ध मंगलबार मुद्दा दायर भएको थियो ।

    चितवनका प्रहरी नायब उपरीक्षक ज्ञानकुमार महतोले लामिछानेलाई बिहीबार बिहान १० बजे अदालत उपस्थित गराउने गरी न्यायिक हिरासतमा राखिएको बताए ।

    ‘थुनछेक बहस नसकिएकाले अदालतले न्यायिक हिरासतमा राख्न आदेश दिएपछि प्रहरीले उहाँलाई हामीले हिरासत राखेका छौँ’, महतोले भने।

    लामिछानेविरुद्ध मंगलबार सहकारी ठगीमा चितवन जिल्ला अदालतमा मुद्दा दायर भएको थियो । बुधबार सरकारी वलिकका तर्फबाट पाँच जना वकिलले बहस गरेका छन् भने लामिछानेका तर्फबाट एक जनाले बहस गरेका छन् ।

    अब लामिछानेका तर्फबाट एक र पीडितका तर्फबाट तीन जनाले बहस गर्न बाँकी रहेको छ ।

    सरकारी वकिल कार्यालयले मङ्गलबार लामिछानेसहित १५ जनाविरुद्ध मुद्दा दर्ता गराएको थियो । व्यक्तिबाहेक छ वटा संस्थाविरुद्ध पनि अदालतमा मुद्दा दर्ता गरिएको छ ।

    दर्ता गरिएको मुद्दामा प्रतिवादीहरुमा लामिछानेसहित छविलाल जोशी, रामबहादुर खनाल, रविना रिमाल, विशाल गुरुङ, नवीन अछामी, कविता तामाङ, दीपक लामा, असरफअलि सिद्दिकी, भगवती बम्जन, लक्ष्मीप्रसाद पौडेल, विज्ञान राई, नेत्रपाणि बास्तोला, शिवबहादुर गुरुङ र प्रगति श्रेष्ठ रहेका छन् । यसअघि असोज ८ गते दर्ता भएको पहिलो मुद्दामा १७ जना प्रतिवादी थिए । त्यो समयमा लामिछानेलाई किटान गरिएको थिएन । मङ्गलबार दर्ता भएको मुद्दामा लामिछानेसहित १५ जना प्रतिवादी छन् भने गोर्खा मिडिया प्रालि, साहारा बचतसहित छ वटा संस्था रहेका पनि छन् ।

    साहारा सहकारीबाट रकम लगेर गएका पाँच कम्पनीमा गोर्खा मिडिया नेटवर्क प्रालि, नेचर हव इन्टरनेसनल प्रालि, जिवी ग्रुप अफ कम्पनी, स्प्रिङ उड स्टेट हाउजिङ प्रालि र नेचर नेष्ट प्रालि रहेका विश्वकर्माले जानकारी दिए ।

    मुद्दा दायर भएका कूल ३२ मध्ये १२ जनाविरुद्ध ठगी र सङ्गठित अपराध तथा २० जनालाई ठगीमा मुद्दा दर्ता गरिएको हो । सङ्गठित अपराध र ठगीमा प्रतिवादी कायम भएका जिवी राई भन्ने जीतेन्द्रबाबु राई, हेमन्त अधिकारी, सागर केसी, आशिष आनन्द, अनन्तबाबु राई, भूपेन्द्र्र राई, देवेन्द्रबहादुर राई, दिनेश रोक्का, कुमार रम्तेल, छविलाल जोशी, दीपक लामा र नेत्र बाँस्तोला रहेका छन् ।

    यसअघि असोज ८ मा १७ जनाविरुद्ध चितवन जिल्ला अदालतमा मुद्दा दायर गरिएको थियो ।  सरकारी वकिल कार्यालयले जिवी राईसहित कुमार रम्तेल, सागर केसी, वीरबहादुर रानाभाट, हेमन्त अधिकारी, छत्रमणि भट्टराई, भपेन्द्र राई, अनन्तबाबु राई, आशिष आनन्द, देवेन्द्र बाबु राई, दिनेश रोका, दीपा न्यौपाने, शिवप्रसाद आचार्य, मनोज गुरुङ, तीर्थराज लामिछाने, शरण विश्वकर्मा, थमन भन्ने दानबहादुर बुढामगरलाई प्रतिवादी बनाएर मुद्दा दायर गरेको थियो । अघिल्लो पटक दर्ता भएका १७ जनाको पनि बयान लिइएको छैन ।

    साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्थाको ठगी भएको भनिएको जम्मा रकम रु ५२ करोड ३२ लाख ८५ हजार ३०८ दशमलव ४७  रहेको छ । हाल जाहेरी परेको रकम रु ३८ करोड नौ लाख ७९ हजार १७७ क्षतिपूर्ति भराउन मागदाबी गरिएको विश्वकर्माले जानकारी दिए ।

    रु  ५२ करोडमध्ये अहिले अभियोगमा देखिएको र बाँकी थप रु १४ करोड २३ लाख छ हजार १३१ दशमलव ४७  जाहेरी परेका बखत पुनः पूरक अभियोग जाहेर हुने गरी अभियोग दाबी गरिएको छ ।

    बचतकर्तालाई भराउनुपर्ने क्षतिपूर्ति रकम विभिन्न छ वटा कम्पनीबाट साहारा चितवन बहुउद्देश्यीय सहकारीलाई दिलाउनुपर्ने रकम रु ४३ करोड ३२ लाख सात हजार ९२८ दशमलव  ७५ रहेको छ ।

    व्यक्तिगत रुपमा जिवी राईबाट रु ४१ लाख ३० हजार, असरफअलि सिद्दिकीबाट रु ती करोड २० लाख र महेन्द्र भोटे भन्ने शिवबहादुर गुरुङबाट रु दुई करोड ६४ लाख भराइनुपर्ने मागदाबी गरिएको छ ।

    रवि यसअघि कास्कीबाट ६५ लाख, काठमाडौँबाट ६० लाख र रुपन्देहीबाट १ करोड धरौटी तिरेर छुटेका छन् ।

    चितवनपछि उनीमाथि पर्सा पनि मुद्दा पर्नेछ ।

     

     

     

    साभार हाम्राकुरा

    Post Views: 181
    प्रकाशित मिति: २०८१ माघ २३, बुधबार २१:१७
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?
    ताजा अपडेट
    • १. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • २. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ३. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ४. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    • ५. ०४८ यता सार्वजनिक पदमा रहेकाको सम्पत्ति छानबिन गर्न १५ दिनभित्र समिति गठन

    चर्चित
    • १. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.