बर्दिया, माघ १८गते / बर्दिया जिल्लामा करिब २१ हजार किशोरीलाई (पाठेघरको मुखको क्यान्सर विरुद्धको (एचपिभी) खोप लगाइने भएको छ । राष्ट्रव्यापी रूपमा सञ्चालन हुने (एचपिभी) खोप अभियान माघ २२ गतेदेखि २९ गतेसम्म सञ्चालन हुने खोप कार्यक्रममा वर्दियाका ८ वटै पालिकाकामा खोप लगाउने स्वास्थ्य कार्यालय बर्दियाले जनाएको छ ।


जनस्वास्थ्य कार्यालय बर्दियाका खोप निरिक्षक बसन्ती मल्लले जिल्लाभर ३ सय ६ वटा खोप केन्द्रबाट र २ सय ७ विद्यालयमा गरी २० हजार ६ सय २१ किशोरीहरुले खोप लगाउने जानकारी दिए। उनले विद्यालयमा १९ हजार ४ सय ९० र समुदायमा १ हजार १ सय ३१ जना लाई खोप लगाइने बताइन् ।

साथै बर्दियाका ८ वटा पालिकामध्ये सबैभन्दा बढी खोप बारर्दिया नगरपपालिकामा ३ हजार २सय ३७जना किशोरीले खोप लगाउने मल्लले भनिन्
बर्दिया जिल्ला खोप समन्वय समितिका पदाधिकारीहरु तथा सञ्चारकर्मीहर संग भएको माघ १८ गते शुत्रबार बर्दियाको गुलरियामा भएको अन्तरक्रिया कार्यक्रममा नेपालमा दैनिक चार जना महिलाको क्यान्सर रोगका कारण मृत्यु हुने जनाउँदै अनियान लाई सफल बनाउन सबै सरोकारवाला हको साथ र सहयोग हुनु पर्ने कार्यलयले अनुरोध गरेको छ । खोप अभियानमा ९ सय १८ जना जनशक्तिको प्रयोग गरिनेछ ।

महिलाको पाठेघरको मुखमा हुने क्यान्सर विरुद्ध लगाइने उक्त खोप कार्यक्रममा लक्षित समुहका किशोरी नछुटुन भन्ने उद्धेश्यले केन्द्र देखि वडा तह सम्म खोप समन्वय समिति बनाएर तयारीमा जुटेको बर्दियाकी बरिष्ठ जनस्वास्थ अधिकृत सुनीता पौडेलले जानकारी दिइन् । पौडेलले विद्यालयमा खोप केन्द्र राखी किशोरीलाई विशेष प्राथमिकताका साथ अभियान सफल बनाउने गरी तयारी भएको र छुटेकालाई स्वास्थ कार्यालयवाट पनि सेवा दिने बताइन् ।





