• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

महिलाहरुलाई दुई दिने सुधारीएको चुलो निर्माण मर्मतसंभार तालिम

  •  माउण्टेन संवाददाता
  • २०८१ माघ १८, शुक्रबार ०८:०४ प्रकाशित
    Oplus_131072
    • अ-
    • अ
    • अ+

    माघ १८ गते / गुलरिया नगरपालिका र मधुवन नगरपालिकाका स्थानीयहरूलाई दुई दिने सुधारीएको चुलो निर्माण मर्मतसंभार प्राविधिक तालिम सम्पन्न भएको छ ।

    आदिवासी थारु महिला र समुदायलाई नवीकरणीय ऊर्जा र दिगो कृषि अभ्यासमा पहुँच गर्न सक्षम बनाउने परियोजना अन्तर्गत २ दिने  प्राविधिक तालिम मधुवन र गुलरियाका स्थानीयलाई तालिम दिईएको हो ।

    मधुवन नगरपालिका वडा नम्बर २ सोनाहा र गुलरिया नगरपालिका वडा नं -४ सुहेलवामा सम्पन्न तालिममा ३३ जनाको सहभागीता रहेको थारु महिला उत्थान केन्द्रकी कार्यकारी निर्देशक प्रिज्या सिंह थारुले जानकारी दिनुभयो ।

    गुलरिया नगरपालिका वडा नं ४ र ५ मा आवद्ध रहेका  महिला सामुदायिक सुरक्षा जालो समूह सदस्य तथा मधुवन नगरपालिका वडा नं का १, २ र ३  महिला सामुदायिक सुरक्षा समूह मा आवद्ध महिला हरुलाई सो तालिम दिइएको तालिम दिने संस्थाले बताएको छ ।

    सन् २०२५ जुलाई सम्म करिब ५ सय घरधुरीलाई सेवा पुर्याउने उद्देश्यले सञ्चालनमा रहेको परियोजनाले सुधारिएको चुलोमा दाउरा कम लाग्ने, खाना छिटो पाक्ने साथै धुवा पनि कम हुने भएको हुनाले स्वास्थ्यमा समेत जोखिम न्यून हुने संस्थाले जानकारी दिएको छ ।

    प्रशिक्षक नरेश महर्जनकाअनुसार सुधारिएको चुलो गाउँघरमा निकै उपयोगी तथा लाभकारी हुने बताए ।

    महर्जनलेले सुधारिएको चुलोको प्रयोगबाट हानिकारक धुवा प्रदुषण बाट निम्तिने रोग आँखा सम्बन्धी रोग जोखिमलाई न्युनिकरण कम गर्ने, ६० प्रतिशत दाउरा बचत गर्नुका साथै आगलागी को जोखिम कम गर्ने जानकारी दिए ।

    तालिममा सहभागी गुलरिया नगरपालिका वडा न ४ बगही की सावित्री थारुले सुधारिएका चुलोको प्रयोगले आफ्नो स्वास्थ्यमा क्षति न्यून रहनुका साथै घर सफा रहने बताइन । तालीममा अर्का सहभागी गुलरिया नगरपालिका वडा नम्बर ५ कि सीता थारुले आफूले दुई दिनको तालिम लिएको बताउँदै अबका दिनमा प्राप्त सिकाई अन्य घरहरूमा पनि चुलो बनाउन सहयोग गर्ने भनिन् । सुधारिएको चुलोमा दाउरा कम लाग्ने भएको हुदा आफु निकै खुसी भएको समेत सीताले बताइन ।

    सुधारिएको चुलोले दाउराको खपत घटाउने ,खाना छिटो पकाउन सजिलो हुनुका साथै घरभित्रको धुवाको कम गर्न महत गर्ने आयोजक संस्थाका प्रतिनिधिले जानकारी दिए । यसका साथै आगो र खेर जान नदिने, विशेषगरी घरभित्र बढी समय बिताउने महिला बालबच्चा तथा पाका उमेरका व्यक्तिहरूको स्वास्थ्य समस्यामा पर्ने प्रतिकुलल असरलाई न्यून गरी स्वास्थ्यमा हुने समस्यालाई कम गर्न हुने हुदाँ समेत यश किसिमको चुलोको समेत उपयोगी हुने देखिएको छ।

    Post Views: 363
    प्रकाशित मिति: २०८१ माघ १८, शुक्रबार ०८:०४
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.