• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

खो–खो विश्वकपमा उपविजेतालाई ठाकुरबाबा नगरपालिका द्वारा ३ लाख १० हजार पुरस्कारसहित सम्मान

  •  माउण्टेन संवाददाता
  • २०८१ माघ १७, बिहीबार १०:०७ प्रकाशित
    Oplus_131072
    • अ-
    • अ
    • अ+

    बर्दिया, माघ १६ गते / विश्वकप खो–खो खेल प्रतियोगितामा रजत पदक ल्याउन सफल उपविजेता भएका आफ्ना पालिकाभित्रका १२ जना खेलाडीहरुलाई बर्दियाको ठाकुरबाबा नगरपालिकाले ३ लाख १० हजार नगद पुरस्कार सहित सम्मान गरेको छ ।

    भारतको नयाँ दिल्लीमा रहेको इन्दिरा गान्धी इन्डोर रंगशालामा सम्पन्न भएको विश्वकप खो–खो खेलमा नेपालको प्रतिनिधित्व गर्दै उपविजेता भएका आफ्ना पालिका भित्रका १२ जना खेलाडीहरुलाई ठाकुरबाबा नगरपालिकाले सम्मान स्वरुप जनहीझण्डै २५ हजारका दरले ३ लाख १० हजार नगद पुरस्कार सहित सम्मान गरेको नगरप्रमुख तिलकराम लम्सालले जानकारी दिनुभयो ।

    शहीद दिवसको अवसरमा एक कार्यक्रमको आयोजना गरी आफ्नो पालिकाबाट मात्रै खो–खो खेलमा सहभागि ७ महिला र ५ पुरुषगरि १२ जना खेलाडीहरुलाई ठाकुरबाबा नगरपालिकाले नगद पुरस्कार सहित सम्मान गरेको हो । यस्तै खेलाडीहरुसंगै खो–खो खेलका प्रमुख व्यवस्थापक शिक्षा शाखा अधिकृत छत्र बहादुर शाहीलाई पनि नगद पुस्कार सहित सम्मान गरिएको छ । ठाकुरबाबा नगरपालिकाका नगरप्रमुख तिलकराम लम्साल , उपप्रमुख विनाकुमारी भट्टराई र शिक्षा शाखा प्रमुख सिता भण्डारीले संयुक्त रुपमा खेलाडीहरुलाई पुरस्कार स्वरुप नगद र सम्मानपत्र प्रदान गर्नु भएको थियो ।

    आफ्नै ठाकुरबाबा नगरपालिकाबाट १२ जना खेलाडीहरुको सहभागिता रहेको प्रथम विश्पकप खो–खो खेलमा फाइनलसम्मपुग्न सफल भई उपविजेता बनेका खेलाडीहरुको मनोबल बढोस् र उच्च आत्म सम्मान प्रदान गरुन भन्ने उद्देश्यले उपविजेता खेलाडीहरुलाई जनही झण्डै २५ हजार रुपैयाँ नगदसहित सम्मानपत्र प्रदान गरिएको नगरप्रमुख लम्सालले बताउनुभयो । भारतको नयाँ दिल्लीमा रहेको इन्दिरा गान्धी इन्डोर रंगशालामा सन् २०२५ जनवरी १३ तारिक अर्थात ९पुस २९० देखि १९ तारिख ९माघ ६ गते० सम्म संचालन भएको प्रथम विश्वकप खो–खो खेलकुद प्रतियोगितामा उपविजेता भई खेल जगतद्धारा राष्ट्रकै गौरव उच्च बनाउन सफल भएकोमा खेलाडीहरुलाई सम्मान गरिएको नगर उपप्रमुख विनाकुमारी भट्टराईले बताउनुभयो ।

    पहिलो पटक भएको विश्वकप खो–खो खेलकुद प्रतियोगितामा पनि उपविजेता भई रजत पदक जितेर नेपालको खेल क्षेत्रको सानलाई अझै माथि उठाउँदै देशको प्रतिष्ठा र गरिमालाई उचाइमा पुर्याउने खेलाडीहरुको मिहिनेतको सम्मान गरिएको नगरप्रमुख लम्सालले बताउनुभयो । विश्वकप खो–खो प्रतियोगितामा सहभागी भएर रजत पदक ल्याउन सफल महिला र पुरुष समूहका ठाकुरबाबा नगरपालिका भित्रका १२ जना महिला र पुरुष खेलाडीहरुलाई नगद पुरस्कारसहित सम्मानपत्र प्रदानगरि सम्मान गरिएपछि खेलाडीहरु थप उत्साहित भएका छन् ।

    विश्वकप खो–खो खेलमा उपविजेता भएका खेलाडीहरुलाई कोहलपुरसम्म लिन ठाकुरबाबा नगरपालिका कार्यालयले गाडी पठाएको, महोत्सवमा सम्मानितहुने अवसर मिलाएको र शहिददिवसको अवसरमा सम्मान गरेकोमा स्थानीय सरकारलाई खेलाडीहरुले आभार प्रकट गरेका छन् । यस्तै नगरपालिकाले भुरीगाउँ बजारको डिस्प्ले बोर्डमा खेलको प्रत्यक्ष प्रसारण सुरु हुनुभन्दा केहीमिनेट अघि पालिका भित्रका १२ जना खेलाडीहरुका अभिभावकहरुलाई पनि माघ ६ गते दिउँसो सम्मान गरेको थियो ।खेलाडी सम्मानको क्रममा ठाकुरबाबा नगरपालिकालाई विश्व सामु चिनाउन अझैँ महत्वपूर्ण भुमिका निभाउन सकुन भन्ने उदेश्यले खेलाडीहरुका लागि आगामी दिनमा छुट्टै प्रशिक्षक व्यवस्थापन गरि पालिका भित्र रहेको खेल मैदानबाट नै हुने गरी काम अगाडि बढाउने नगरप्रमुख लम्साल र उपप्रमुख भट्टराईले प्रतिवद्धता व्यक्तगर्नुभयो ।

    अन्र्तराष्ट्रिय खो–खो खेल अन्र्तगत लिग चरणको छनौट प्रतियोगिता खेल बर्दियाको ठाकुरबाबा नगरपालिकामा झण्डै ३ महिना भित्रै गर्ने तयारी भईरहेकोखो–खो खेलका प्रमुख व्यवस्थापक छत्र बहादुर शाहीले जानकारी दिनुभयो । अन्र्तराष्ट्रिय खो–खो खेल अन्र्तगत लिग चरणको छनौट प्रतियोगिता खेल हुने सन्दर्भमा एक साता भित्रै पत्रकार सम्मेलन मार्फत जानकारी गराईने उहाँले बताउनुभयो ।

    Post Views: 208
    प्रकाशित मिति: २०८१ माघ १७, बिहीबार १०:०७
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.