बर्दिया(मधुवन), माघ १६ गते / बर्दियाको मधुवन नगरपालिका वडा नम्बर १ सुर्यपटुवा (पत्थरबोझी) मा अवस्थित श्रीसरस्वती आधारभूत विद्यालयमा रहेका अभिभावक विहिन बाल बालिकाहरुलाई जन्मदिनको उपलक्ष्यमा सहयोग गरिएको छ । माघ १५ गते ४ बर्ष पूरा गरि ५ बर्षमा लागेका युलव अधिकारी (हाल जापान) को नाममा बुबा युवराज अधिकारी, ठूलो बुवा घनश्याम अधिकारी र मधुवन नगरपालिकाका नगरप्रमुख तेज बहादुर भाटले संयुक्त रूपमा प्रधानाध्यापक घनराज खत्रीलाई सहयोग हस्तान्तरण गर्नुभएको हो ।

फलामका डबल बेड खाट ६ वटा र मेट्रस ६ वटा सहयोग गरेको युलव अधिकारीका बुवा युवराज अधिकारीले बताउनु भएको छ । बाबुको नाममा ताइवनी अम्बाको बेर्ना समेत रोपण गरिएको छ । उहाँले थप सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गर्नु भएको छ । विद्यालयका प्रधानाध्यापक खत्रीले युलव अधिकारीको उत्तरोउत्तर प्रगतीसँगै चिरजीवनको कामनासँगै धन्यवाद ज्ञापन गर्नुभएको छ ।
विद्यालयमा अभिभावक विहिन बालबालिकाहरु ३३ जना रहेका छन । जसमा ८ जना छात्रा र २५ जना छात्र छन । ३ जना बाल बालिका अझै बढ्न सक्ने प्रधानाध्यापक खत्रीले जानकारी दिनु भएको छ । २०७५ सालदेखि अभिभावक विहिन बालबालिकाहरुलाई आवासीय राख्न थालिएको हो




