बर्दिया(पदनाहा), माघ १५ गते / बारबर्दिया नगरपालिकाको बडा नं ४ को बडा कार्यालय पदनाहाको बडा कार्यालयबाट नै आज माघ १५ गते देखि प्राथमिक उपचार सेवा सुरुवात गरेको छ ।

प्राथमिक उपचारमा पहुच बडाको नजिकै सुविधा होस् भन्ने ध्ययका साथ बडाका स्थानीयहरुलाई सहजताका लागि बारबर्दिया नगरपालिका बडा नं ४ को बडा कार्यालय मै आज देखि प्राथमिक उपचार सेवाको सुरुवात गरिएको बारबर्दिया नगरपालिका बडा नं ४ का बडा अध्यक्ष सिताराम योगिले जानकारी दिए । प्राथमिक स्वास्थ्य सेवामा पहुचका लागि यो सेवा सुरुवात भए संगै बडा बासीलाई सहज हुने समेत बडा अध्यक्ष योगिले भने ।




