• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

मानव वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि ‘प्याकेज’ मा कार्यक्रम ल्याइने

  •  माउण्टेन संवाददाता
  • २०८१ माघ ११, शुक्रबार २१:५० प्रकाशित
    • अ-
    • अ
    • अ+

    चितवन, माघ ११ गते / वन तथा वातावरणमन्त्री ऐनबहादुर शाहीले मानव र वन्यजन्तुबीचको द्वन्द्व न्यूनीकरणका लागि सरकारले ‘प्याकेज’ मा कार्यक्रम ल्याउने बताएका छन्।

    टिकौली मध्यवर्ती सामुदायिक वनको आठौँ साधारणसभालाई आज सम्बोधन गर्दै उनले समस्या समाधान गर्न विशेष प्याकेज र समस्या समाधानका लागि समिति बनाउने तयारी मन्त्रालयले गरेको बताए।

    उनले भने, ‘मध्यवर्ती क्षेत्रको समस्या समाधानका लागि कार्यदल बनाएर काम भइरहेको छ।’ वन्यजन्तु विभाग तथा वन ऐनको नियमावली संशोधनका लागि सरकारले काम गरिरहेको उनले बताए। नेपालको वन र पर्यटन एकआपसमा जोडिएको बताउँदै उनले यसमा देखिएका समस्या समाधानका लागि सरकार लागिपरेको बताए। उनले भने, ‘पर्यटन र वन एकापसमा जोडिएको छ। निकुञ्जसँगको समस्या समाधानका लागि ऐन संशोधनको तयारी हुँदैछ।’

    कार्यक्रममा बागमती प्रदेशसभा सदस्य कृष्ण खनाल, नेकपा माओवादी नेत्री कञ्चन खनाल, चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत गणेश पन्त, शून्य चोरीसिकारी अभियानका अध्यक्ष वसन्त राना, वनका अध्यक्ष बुद्धिसेन चौधरीलगायतको सहभागिता रहेको थियो।

    Post Views: 191
    प्रकाशित मिति: २०८१ माघ ११, शुक्रबार २१:५०
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?
    हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’
    ताजा अपडेट
    • १. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • २. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ३. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    • ४. ०४८ यता सार्वजनिक पदमा रहेकाको सम्पत्ति छानबिन गर्न १५ दिनभित्र समिति गठन

    • ५. एफएटीएफको सर्त : उच्चपदस्थको सम्पत्ति छानबिन मात्र होइन, जफत नै गर्नुपर्छ

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.