काठमाडौँ, माघ ११ गते / नेपाली कांग्रेस संसदीय दलको बैठक यही माघ १३ गते आइतबार दिउँसो २ बजे बस्ने भएको छ ।


सङ्घीय संसद भवनको ल्होत्से हलमा बस्ने बैठकमा माघ १८ गतेदेखि शुरु हुने संसदको हिउँदे अधिवेशनलगायत समसामयिक राजनीतिक विषयमा छलफल हुने पार्टी कार्यालयले जनाएको छ ।




