• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

बाँकेमा कुष्ठरोगको प्रभावदर बढ्दै, प्रति १० हजारमा १ भन्दा उच्च

  •  
  • २०८१ माघ ११, शुक्रबार २१:३१ प्रकाशित
    • अ-
    • अ
    • अ+

    बाँके, माघ ११ गते / बाँकेमा कुष्ठरोगको प्रभावदर उच्च छ । आर्थिक वर्ष २०८०/८१ को तथ्यांक अनुसार जिल्लामा कुष्ठरोग प्रति १० हजार जनसंख्यामा १ भन्दा उच्च रहेको छ । चालू आर्थिक वर्षको पछिल्लो ६ महिनामा जिल्लामा ५८ जना नयाँ कुष्ठरोगी फेला परेका छन् । लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशको कुष्ठरोग प्रेषण अस्पतालका रुपमा रहेको बाँकेको जानकी-३ स्थित आइएनएफ साइनिङ अस्पतालका अनुसार नयाँ फेला परेका विरामी मध्ये बाँकेका २३ जना, बर्दियाका १५ जना र अरु अन्य जिल्ला तथा सीमापारीका छन् । साइनिङ अस्पताल प्रमुख मंगल थारुले बहिरंग सेवामा ९६१४ जनाको जाँच गर्दा ५८ जना नयाँ कुष्ठरोगी भेटिएको बताए ।

    स्वास्थ्य कार्यालय बाँकेका कुष्ठरोग फोकल पर्सन रविन्द्र साहका अनुसार जिल्लामा पछिल्लो पाँच महिनामा ३६ जनाले औषधि सेवन गरिरहेको बताए । ती मध्ये कोहलपुरका १०, नेपालगञ्जका ८, डुडुवा ५, राप्तीसोनारी ४ तथा बैजनाथ, खजुरा र नरैनापुरका २/२ जना छन् ।

    नेपालले सन् २०१० मै कुष्ठरोग निवारणको राष्ट्रिय लक्ष्य प्राप्त गरे पनि बाँकेमा प्रभावदर बढ्दै गएको स्वास्थ्य कार्यालय बाँकेका प्रमुख अंगद बहादुर शाहीले बताए । बाँकेमा प्रत्येक बर्ष बढ्दै गइरहेको कुष्ठरोग निवारणका लागि राज्यबाट आवश्यक योजना तथा बजेट विनियोजन नहुनु, प्राथमिकतामा नपर्नु दुःखको विषय भएको बताउँदै उनले यसमा सञ्चार जगतले झक्झक्याउनुपर्नेमा जोड दिए । साइनिङ अस्पताल प्रमुख थारुले कुष्ठरोगका बारेमा आम समुदायलाई सुसूचित गर्न सञ्चारकर्मी र सञ्चार माध्यमहरुको अहम् भूमिका हुने बताए ।

    आगामी आइतबार नेपालमा पनि ७२औं विश्व कुष्ठरोग दिवस मनाइँदैछ । ७२औं विश्व कुष्ठरोग दिवस भब्यरुपमा सफल पारौं, एकताबद्ध भई कुष्ठरोग अन्त्यको कार्यमा सहभागी बनौं भन्ने नाराका साथ दिवस मनाइँदैछ ।  दिवसको पूर्व सन्ध्यामा साइनिङ अस्पतालले आज पत्रकार भेटघाट गरेर रोगको पछिल्लो अवस्था र दिवसको तयारीका बारेमा जानकारी गराएको छ । कार्यक्रममा नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरी, बिएनएमटी नेपालका देबेन्द्र पाण्डे, साइनिङ अस्पतालका यम बहादुर केसी लगायतले बोलेका थिए ।

     

     

     

    साभार बागेश्वरीपोष्ट

    Post Views: 203
    प्रकाशित मिति: २०८१ माघ ११, शुक्रबार २१:३१
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?
    हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’
    ताजा अपडेट
    • १. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • २. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ३. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    • ४. ०४८ यता सार्वजनिक पदमा रहेकाको सम्पत्ति छानबिन गर्न १५ दिनभित्र समिति गठन

    • ५. एफएटीएफको सर्त : उच्चपदस्थको सम्पत्ति छानबिन मात्र होइन, जफत नै गर्नुपर्छ

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.