• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

बर्दियामा माइती नेपाल द्वारा २ हजार जना भन्दा बढिको उद्दार

  •  संजय आचार्य
  • २०८१ माघ १०, बिहीबार २१:१२ प्रकाशित
    • अ-
    • अ
    • अ+

    बर्दिया, माघ १० गते / माइती नेपालले मानब बेचबिखन, घरेलु हिसा, महिला हिसा, लैङिगक हिसा र बाल बिवाह रोकथाम तथा न्युनीकरण सम्बन्धी पछिल्लो ९ बर्ष देखी बर्दिया जिल्लामा रही काम गर्दै आएको छ।
    विहिबार गुलरियमा मानव बेचविखन तथा ओसार पसार नियन्त्रणका लागी संचारकर्मि संग गरेको अन्तक्रिया कार्यक्रममा माइती नेपालले सन् २०१६ देखी २०२४ सम्मको तथाङ्क पेश गरेको थियोे । माइती नेपालले ९ बर्षको अवधीमा २ हजार भन्दा बढीलाई बर्दियाको विभिन्न सिमानाका बाट उद्धार गरेको जनाएको छ।


    गुलारिया नगरपालिका , मधुवन नगरपालिका तथा बढैयाताल गाउँपालिका सिमा क्षेत्रमा परामर्श केन्द्र स्थापना गरी कार्य गर्दै आएको माइती नेपाल बर्दियाकी संयोजक गायत्री रीमालले बताउनु भएको छ। रिमालले जोखिमपुर्ण यात्रामा रहि सिमापारी भारत जान प्रयास गरेकाहरुलाई सिमाना बाट २ हजार ५ जनालाई उद्धार गरि आवधिक गृहमा प्रवेश गराइएको र आवश्यक परामर्श प्रदान गरिएको उनले भनिन् ।
    चालु आर्थिक वर्षमा बर्दिया जिल्लाका विभिन्न नाकाबाट महिला र बालबालिका साहित ३ सय ३५ जनालाई सिमानाका बाट उद्धार गरि आवधिक गृहमा प्रवेश गराइएको संयोजक रिमालले बताउनु भयो ।


    यसै गरी २ हजार ५८ जनालाई मानव बेचविखन र सुरक्षित बसाई सराई बारे जानकारी दिई पारिवारिक पुर्नमिलन गराइएको छ भने ३० जनालाई श्रम र यौन शोषनमा परि उद्धार गरिएको र ४ सय ३३ जनालाई मानव बेचविखन र सुरक्षित बसाई सराई बारे बोर्डरबाट परामर्श दिई घर फिर्ता गरिएको तथ्याङकमा उल्लेख छ ।
    कार्यक्रममा प्रस्तुत तथ्याङ्कमा खोजतलासको लागी ५ सय ५४ जना को निवेदन परेका हाल सम्म १ सय ३१ जनालाई मात्र फेला परेका छन रिमालले जानकारी दिनुभयो । यसैगरि माइती नेपाल बर्दिया कार्यालयमा हाल सम्म ५ सय १४ वटा घरेलु हिंसाका घटनाहरु आएकोमा ४ सय ५२ वटा घटना प्रहरी र माइती नेपालको पहलमा समाधान गरिएको जनाइएको छ ।


    यसैगरि माइती नेपाल बर्दियाको सहजिकरणमा ९७ जना किशोरीलाई सिप मुलक तालिम प्रदान गरिएको रिमालले भनिन् ।
    २२ वटा बेचविखनको घटना मुद्धा दर्ता भएकोमा कानुनी सहयोग आवश्यक परामर्श गरिएको र २ सय ३३ वटा जबरजस्ती करणी मुद्धा दर्ता भएकोमा आवश्यक कानुनी सहयोग र परामर्श गरिएको समेत रिमालले बताइन् ।
    कार्यक्रममा आफ्नो धारणा राख्दै पत्रकार महासंघ बर्दियाका अध्यक्ष निर्मल घिमिरेले सिमा नाका आफैमा संवेदनशील हुने र त्याहाँ बसेर काम गर्न अझै गाह्रो हुने भएको हुदा संस्थाले पेश गरेको तथ्याङ्कलाई लाई हेर्दै गरेको कामको प्रशांसा गर्नुभयो। सञ्चारकर्मीहरुले समाजिक रुपान्तरण, ऱ्याय र सत्यताका लागी सधै कलम चलाउँदै जाने समेत घिमिरेले बताउनु भयो । साथै आगामी दिनहरुमा सबैसंग सहकार्य गर्दै अघी बढने समेत उनले बताए ।

    Post Views: 406
    प्रकाशित मिति: २०८१ माघ १०, बिहीबार २१:१२
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.