• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

अध्यादेश मुलुकको आवश्यकता हो : सञ्चारमन्त्री गुरुङ

  •  माउण्टेन संवाददाता
  • २०८१ माघ १०, बिहीबार २०:०७ प्रकाशित
    • अ-
    • अ
    • अ+

    भैरहवा, माघ १० गते / सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् नेपाल सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले मुलुकका लागि अत्यावश्यक परेकाले सरकारले अध्यादेश ल्याएको बताउनुभएको छ । मुलुकको अर्थतन्त्रमा देखा परेको सङ्कटको समाधान गर्न र नागरिकलाई राहत दिने गरी सरकारले अध्यादेश ल्याएको भन्दै उहाँले यो मुलुकको आवश्यकता भएको बताउनुभयो ।

    प्रेस चौतारी नेपाल रुपन्देहीले बिहीबार बुटवलमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा सञ्चारमन्त्री गुरुङले यस्तो बताउनुभएको हो।“अध्यादेश ल्याउने कुरा असंवैधानिक होइन, यो संविधानले नै व्यवस्था गरेको विषय हो, सरकारले आवश्यकताका आधारमा अध्यादेश ल्याउन पाउँछ”, उहाँले भन्नुभयो ।

    मन्त्री गुरुङले अध्यादेशको विरोध गर्नुभन्दा पनि यसको विषयवस्तुमा ध्यान दिन आग्रह गर्नुभयो।सरकारले ल्याएको अध्यादेशको विभिन्न प्रतिपक्षी दलले विरोध गर्नुको कुनै अर्थ नभएको भन्दै उहाँले यसको निजी क्षेत्रले स्वागत गरेको बताउनुभयो।सरकारी अड्डामा लामो समय फाइल रोकिँदा नागरिकका समस्या समाधान नभएको र यसको अन्त्यका लागि एक साता भन्दा बढी समय फाइल थन्काएर राख्न नपाइने गरी सरकारले अध्यादेश ल्याएको उहाँको भनाइ छ ।

    सरकारले केही दिनअघि सरकारी कार्यालयमा सात दिनभन्दा बढी फाइल घुमाउन नपाइने, सरकारका कामको सम्पादन सरलीकरण सात दिनभित्र नभए कारबाही हुने, सेवा प्रवाहमा नागरिक एप प्रयोगमा ल्याउने लगायतका विषय समेटेर अध्यादेश ल्याएको थियो ।

    मन्त्री गुरुङले सरकार मुलुकमा सुशासन कायम गर्ने दिशामा अगाडि बढेको भन्दै बाहिर चर्चा भएजस्तो सत्तारुढ दलबिचमा कुनै समस्या नभएको बताउनुभयो।“कांग्रेस र एमालेबिचको समझदारीमा कुनै समस्या छैन, बाहिर कसैले राजनीति नगर्दा हुन्छ”, मन्त्री गुरुङले भन्नुभयो ।

    उहाँले लामो समय अलपत्र परेको बुटवल–नारायण सडक खण्डले अहिलेको सरकार आएपछि गति लिएको भन्दै विकासका काममा सरकार द्रुत गतिमा अगाडि बढिरहेको पनि बताउनुभयो ।

    आउँदो अधिवेशनमा सहकारी सम्बन्धी विधेयक ल्याएर सहकारीपीडितको समस्या समाधान गर्ने र बचतकर्ताको बचत फिर्ताका लागि सहकारी कोष निर्माण गर्नेगरी सरकार अघि बढ्न खोजेको पनि मन्त्री गुरुङको भनाइ छ ।

    सहकारी ठगीमा संलग्नको कारबाहीका लागि सरकारले संसदीय छानबिन विशेष समितिको प्रतिवेदनलाई कार्यान्वयनको दिशामा लगेको मन्त्री गुरुङको भनाइ थियो।

    राष्ट्रिय सहमतिमा मात्र संविधान संशोधन 

    देवदह व्यापार सङ्घको आयोजनामा रुपन्देहीको देवदहमा सुरु भएको नवौंं राष्ट्रिय देवदह औद्योगिक व्यापार मेलाको उदघाटन गर्दै सञ्चार एवं सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले राष्ट्रिय सहमतिमा मात्र संविधान संशोधन हुने बताउनुभएको छ।उहाँले संविधान संशोधनको कुरा प्रतिपक्षले अनावश्यक प्रचार गरेको दाबी गर्नुभयो।

    मन्त्री गुरुङ्गले सङ्घीयता, धर्म निरपेक्षता, समानुपातिक र समावेशीता परिवर्तन नहुने भन्दै राजनीतिक स्थिरताको लागि संविधान संशोधन गर्न खोजेको बताउनुभयो।उहाँले मुलुक र नागरिकको लागि सुशासन कायम गर्न १३ वटा पुराना कानुनलाई अध्यादेश मार्फत संशोधन गर्न खोजेको बताउनुभयो।

    सोही अवसरमा बोल्दै प्रतिनिधि सभा सदस्य छविलाल विश्वकर्माले देवदहवासीको भूमि सम्बन्धी समस्या समाधान गर्न सरकारको ध्यान जान आवश्यक रहेको औंल्याउनुभयो।उहाँले देवदह क्षेत्रमा रहेका पुरातात्विक एवं ऐतिहासिक स्थलको उत्खनन गरी प्रचार प्रसार गर्नुपर्नेमा जोड दिनु भयो।पूर्वमन्त्री समेत रहनु भएका सांसद विश्वकर्माले नागरिकलाई अफठ्यारो परेका कुराको सुधार गर्न सरकार तयार हुनुपर्नेमा जोड दिनुभयो।

     

     

     

    साभार गोरखापत्र लक्ष्मण पौडेल

    Post Views: 184
    प्रकाशित मिति: २०८१ माघ १०, बिहीबार २०:०७
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.