• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

संविधानपछि बन्नुपर्ने कानूनहरु बनाउन ढिलो भयो – विश्वप्रकाश शर्मा

  •  माउण्टेन संवाददाता
  • २०८१ माघ १०, बिहीबार १९:५८ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौँ नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले संविधान कार्यान्वयनको लागि बन्नुपर्ने कानूनहरु बन्न नसकेको बताउँदै संसदीय समितिहरुले गुणत्मक रुपमा काम गर्नुपर्ने बताएका छन् । बिहीबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै महामन्त्री शर्माले संविधानपछि बन्नुपर्ने कानूनहरु बनाउन ढिलाई भइरहेको बताए । उनले बन्न बाँकी कानूनहरु बनाउन संसदीय समितिहरुले उपसमिति गठन गरेर कानूनी अभ्यास गर्न जरुरी रहेको बताए । उनले समितिमा सांसदहरुको उपस्थिति संख्यात्मकभन्दा गुणात्मक बनाउन उपसमितिमार्फत काम गर्न उनले सुझाव दिए । उनले संघीय निजामति विधेयकलाई जनमुखी बनाउनुपर्ने धारणा राखे। उनले मुस्कानसहितको सेवा नभई सेवाग्राही मुस्कुराउने गरी सेवा प्रवाह हुने गरी विधेयक ल्याउनु पर्ने बताए ।

    उनले भने, ‘संविधानपछि बन्नुपर्ने धेरै कानूनहरु अहिले पनि प्रतिक्षारत छन् । ढिलो भइरहेको छ । हामीले गर्न सकेनौं भन्ने सन्दर्भमा नागरिकपंक्तिमा प्रश्न पनि छन् । त्यसलाई दृष्टिगत गर्दै यसलाई छिटो छरितो बनाउने सन्दर्भमा उपसमितिमार्फत थप एक्सरसाइज गरौं । त्यो भयो भने हामीले बैठक शुरु हुने बेलामा अब दुई जनामात्र आएपछि कोरम पुग्छ भन्ने अवस्थाबाट मुक्त हुन्छौं । समितिमा सांसदहरुको उपस्थिति संख्यात्मक भन्दा पनि गुणत्मक बनाउनका लागि हामीले उपसमितिहरु गठन गरेर काम कारहबाही गर्न मेरो सुझाव छ ।

    संख्यात्मक परिस्थितिको हिसाव किताव निकाल्दा परिणाम कम निक्लिएला । हामीले उपसमितिद्वारा काम गर्नसक्यौं भने हाम्रो उपस्थिति पनि बलियो र परिणाममुखि काम गर्न पनि सजिलो हुन्छ । यसतर्फ म सभापतिज्यूको ध्यानाकर्षण गराउन चाहन्छु । विधेयकका सन्दर्भमा सुशासनमुखी शब्दप्रति मेरो ध्यानाकषर्एण भएको छ । हामीले भन्दै आएको मुस्कानसहितको सेवाले सेवाग्राहीसँग नम्र व्यवहार गर्ने भनेको हो नि । तर सेवाग्राहीलाई मुस्कान दिएर हुदैन, आज त हुदैन भनेर त काम बन्दैन । अब मुस्कानसहितको सेवा भनाई जनतामा मुस्कान आउने सेवा चाहियो ।’

    Post Views: 204
    प्रकाशित मिति: २०८१ माघ १०, बिहीबार १९:५८
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.