• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

रविसहित सातै जनालाई थुनामा पठाउन माग गर्दै उच्च अदालतमा निवेदन

  •  माउण्टेन संवाददाता
  • २०८१ माघ ७, सोमबार १९:५५ प्रकाशित
    • अ-
    • अ
    • अ+

    पोखरा , माघ ७ गते / पोखरास्थित सूर्यदर्शन सहकारी ठगी प्रकरणको मुद्दा उच्च अदालत पुगेको छ । सरकारी वकिल कार्यालय कास्कीले यो मुद्दा उच्च अदालतमा पुर्‍याएको हो । मुद्दाको निवेदनमा पूर्वगृहमन्त्री रवि लामिछानेसहित सातै जनालाई पुर्पक्षका लागि थुनामा पठाउन माग गरिएको छ ।

    निवेदनमा जिल्ला अदालतको आदेश बदर गरी पुर्पक्षका लागि थुनामै राख्न माग गरिएको बताइएको छ । उनीहरुलाई पुस २५ मा कास्की जिल्ला अदालतले धरौटीमा छाडेको थियो । कास्की जिल्ला अदालतमा पुस ८ गतेदेखि यो मुद्दाको थुनछेक प्रक्रिया अघि बढेको थियो ।

    कास्की जिल्ला अदालतका न्यायधीश नितिज राईको इजलासले लामिछानेसँग ६५ लाख, पूर्वडीआईजी छविलाल जोशीसँग ८८ लाख, लीला पछाईसँग ३७ लाख, पूर्वप्रहरी एवं व्यवसायी रामबहादुर खनालसँग १५ लाख, पूर्वसांसद मीना गुरुङसँग पाँच लाख, कृष्णबहादुर गुरुङसँग एक लाख र सहकारीका पूर्वकोषाध्यक्ष आरती गुरुङसँग पाँच लाख धरौटी माग गरेको थियो । अदालतले मागेको धरौटी रकम बुझाएर उनीहरु छुटेका थिए ।

    लामिछाने, जोशी र खनालविरुद्ध रुपन्देही जिल्ला अदालतमा पनि मुद्दा दर्ता भएको बढेको छ ।

    यसअघि काठमाडौँ जिल्ला अदालतबाट लामिछानेले ६० लाख र जोशीले ५० लाख रुपैयाँ धरौटी बुझाएर रिहा भइसकेका छन् ।

     

    Post Views: 212
    प्रकाशित मिति: २०८१ माघ ७, सोमबार १९:५५
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.