बर्दिया, पुस २९ गते / सरकारले अधिकाशं जिल्लामा भूमि आयोग गठन गरेको छ । गठनमा बर्दिया जिल्लाका लागि नेपाली काङ्ग्रेस बर्दियाका सभापति अरुण प्रकाश सिंह राठौंर भुमि आयोग बर्दियाको अध्यक्ष पदमा नियुक्त भएका छन


भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले सातै प्रदेशका जिल्लाहरुमा अध्यक्ष नियुक्त गर्दै आयोग गठन गरेका हुन् ।
आयोगका नियुक्त जिल्ला अध्यक्षको आजै शपथ गराउने तयारी गरिएको छ ।




