• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

सार्वजनिक प्रसारणको नयाँ अभ्यास सुरु हुँदै

  •  
  • २०८१ पुष २९, सोमबार ०८:३३ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौं, पुस २९ गते / रेडियो नेपाल र नेपाल टेलिभिजन सार्वजनिक सेवा प्रसारण ऐन २०८१ बमोजिम स्थापना भएपछि पहिलो पटक पूर्वप्रारम्भ (प्रि–लन्चिङ) कार्यक्रम हुने भएको छ । रेडियो नेपाल र नेपाल टेलिभिजन सार्वजनिक सेवा प्रसारण (पिएसबी) मा गएपछि राजनीतिक र व्यापारिक स्वार्थबाट मुक्त बनाउन गृहकार्य थालिएको हो ।

    सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले आउँदो माघ १ गते (पिएसबी) को तीनदिने कार्यशालाको उद्घाटन गरेर थालनी गर्ने सार्वजनिक सेवा प्रसारण नेपालका अध्यक्ष महेन्द्र विष्टले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “रेडियो नेपाल र नेपाल टेलिभिजन सार्वजनिक सेवा प्रसारणमा रूपान्तरण भइसक्यो । हामीले पूर्वप्रारम्भ भनेका छौँ अर्थात् प्रि–लन्चिङ कार्यक्रम गर्दै छौँ । माघ १ देखि ३ गतेसम्म चल्ने छ ।”

    पूर्वप्रारम्भ कार्यक्रममा आठ विभिन्न विषय विज्ञसहित राजनीतिक नेतृत्वसमेत राखेर छलफल  हुने अध्यक्ष विष्टले जानकारी दिनुभयो । उहाँले नेपालको सार्वजनिक सेवा प्रसारणलाई प्राविधिक रूपान्तरण र डिजिटल प्रयोगका सम्बन्धमा ठोस योजना बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । यस कार्यशालाबाट पूर्वप्रारम्भ कार्यक्रमबाट नेपालको सार्वजनिक सेवा प्रसारणलाई अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजना बनाउन सहयोग पुग्ने उहाँले प्रस्ट पार्नुभयो ।

    त्रिभुवन विश्वविद्यालय आमसञ्चार तथा पत्रकारिता विभाग प्रमुख डा. कुन्दन अर्यालले पिएसबी सञ्चालनको मोडालिटीबारे व्याख्या गर्नुहुँदै राजनीतिक र व्यापारिक स्वार्थबाट मुक्त भई सन्तुलित समाचार यसले सम्प्रेषण गर्नुपर्ने सुझाव दिनुभयो । उहाँले भन्नुभयो, “पिएसबी व्यापारिक स्वार्थ र निहित राजनीतिक स्वार्थभन्दा माथि उठेको संस्था हुन सक्नु पर्छ । जनताका आधारभूत सञ्चार आवश्यकता सम्बोधन गर्ने खालको हुनु पर्छ । जसमा मान्छेका कृषि, शिक्षा, स्वास्थ्यलगायत क्षेत्रका अनेकौँ सूचना आवश्यकता पूरा गर्ने हो ।”

    अहिले धेरै सूचना बजारको नाफा–घाटाको विषय बन्ने गरेको बताउँदै उहाँले सार्वजनिक सेवा प्रसारण राष्ट्रिय स्तरको प्रसारण संस्था भएकोले सबै जनतालाई समेट्ने हुनुपर्ने उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “पिएसबीले सूचनालाई बिक्रीको वस्तु नठानेर जनताको सेवा ठान्नु पर्छ । नेपालमा पिएसबी सुरुवात गरिएको छ । कानुनमा सुधार गर्दै गएमा धेरै काम हुने विश्वास छ ।”

     

     

     

    साभार गोरखापत्र

    Post Views: 240
    प्रकाशित मिति: २०८१ पुष २९, सोमबार ०८:३३
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.