काठमाडौं, पुस २६ गते / सिंहदरबारमा प्रमुख प्रतिपक्षीसहित प्रतिपक्षी दलका शीर्ष नेताहरूबीच छलफल भएको छ ।शुक्रबार दिउँसो प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनबीच भेटवार्ता भएको हो ।


भेटमा समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल भएको बताइएको छ ।
विपक्षी दलहरुले संसद्को अधिवेशन बोलाउन सरकारमाथि दबाब बढाउने तयारी गरेका छन् ।




