• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

जब आकाशबाट खस्यो ५ सय किलोको विशाल रिङ…

  •  माउण्टेन संवाददाता
  • २०८१ पुष २५, बिहीबार १७:०२ प्रकाशित
    • अ-
    • अ
    • अ+

    केन्याको एक गाउँमा अनौठो घटना घटेको छ । त्यहाँ आकाशबाट फलामको एउटा विशालकाय रिङ जमिनमा खसेको छ ।

    देशको दक्षिण क्षेत्रमा पर्ने माकुनी काउन्टीको मुकुकु गाउँमा आकाशबाट ठूलो धातुको रिङ खसेको हो । उक्त फलामे टुक्राको ब्यास करीब ८ फिट तथा वन करिब ५ सय केजी छ ।

    आकाशबाट खसेको उक्त विशालकाय रिङ देख्दा सुरुमा त स्थानीय बासिन्दाहरु त्रसित भए । किनकि त्यो रिङ जलिरहेको अवस्थामा भुईंमा खसेको थियो । त्यसपछि गाउँमा भएको उक्त घटनाको जानकारी स्थानीय प्रशासनलाई गराइयो । आखिर आकाशमा त्यतिठूलो फलामे रिङ कहाँबाट आयो भनेर कुरा स्थानीय मानिसहरु अचम्ममा परिरहेका थिए ।

    गाउँमा फलामको भीमकाय रिङ खसेको सूचना पाउने बित्तिकै केन्या अन्तरिक्ष एजेन्सीले घटनास्थलमा पुगेर उक्त वस्तुलाई नियन्त्रणमा लियो र थप अनुसन्धानका लागि लगेर गएको छ ।

    यद्यपि हार्वार्ड स्मिथसोनियन सेन्टर फर एस्ट्रोफिजिक्सका विशेषज्ञ तथा पृथ्वीको वायुमण्डलमा अन्तरिक्षबाट प्रवेश गर्ने वस्तुहरु ट्रयाक गर्ने विज्ञ जोनाथन म्याकडवेल चाहिं उक्त रिङमा पृथ्वीको वायुमण्डलमा प्रवेश गर्ने क्रममा उच्च तापक्रमको कुनै सबूत देखिएको छैन । त्यसैले त्यो वस्तु कुनै अन्तरीक्षयानको टुक्रा नभई कुनै विमानको टुक्रा भएको आशंका गरिएको छ ।

    रकेट हार्डवेयरको अंश हुनसक्ने

    उता अन्तरिक्ष फोहोर विज्ञ ड्यारेन म्याकनाइटका अनुसार कहिलेकाहीँ अन्तरिक्ष फोहोर कुनै स्याक्रिफिसियल पिण्डबाट ढाकिने गर्दछ। यस्तोमा बाह्य वस्तु जल्दछ र त्यसभित्रको हार्डवेयर चाहिं पुनः पृथ्वीको वायुमण्डलमा प्रवेश गर्दछ ।

    इनसाइट आउटर स्पेसको प्रारम्भिक अनुसन्धानमा एरोस्पेस कर्पोरेसनको सेन्टर फर अर्बिटल एण्ड रि इन्ट्री डेब्रिस स्टडिजले पुनः प्रवेश डेटाबेसका आधारमा के अनुमान लगाइएको छ भने उक्त फलामे रिङ सन् २००४ मा प्रक्षेपण गरिएको एटलस सेन्टोर रकेटसँग सम्बन्धित हुनसक्छ ।

    उक्त रकेट सन् २००४ को अगष्ट ३१ मा अमेरिकाले प्रक्षेपण गरेको थियो जसमा युएसए १७९ नामक एक गोप्य अमेरिकी सेन्य स्याटेलाइट जडित थियो । तथापि अमेरिकी स्पेस फोर्सले भने उक्त रकेटको टुक्रा रुसको बैकाल ताल माथिको आकाशबाट पृथ्वीको वायुमण्डलमा प्रवेश गर्दै गरेको देखिएको बताएको छ ।

    केन्या स्पेस एजेन्सीले सामाजिक सञ्जाल एक्समा एक विज्ञप्ती जारी गर्दै घटनाको तत्काल जानकारी गराएकोमा मुकुकु गाउँका बासिन्दा, स्थानीय नेता तथा सञ्चार माध्यमहरुलाई धन्यवाद दिएको छ । घटनाको स्वतन्त्र जाँचका क्रममा केही तस्वीर तथा डिजाइनको तुलनाबाट उक्त टुक्रा बुस्टर हार्डवेयरसँग सम्बन्धित भएको हुनसक्ने अनुमान गरिएको छ ।

    उदाहरणको रुपमा रुसको अंगारा ए५एम रकेट हार्डवेयरको डिजाइनसँग पनि यो मिलेको देखिन्छ । यस प्रकारको संरचनात्मक प्रविधि अन्तरीक्ष उद्योगमा बुस्टर निर्माणमा आम रुपमा प्रयोग गरिन्छ ।

    उक्त घटनाका विषयमा केन्याको स्पेस एजेन्सी तथा अन्तराष्ट्रिय विज्ञहरुको तर्फबाट थप अनुसन्धान भईरहेको छ । यो घटनाले अन्तरीक्ष फोहोरको चुनौती तथा यसले पृथ्वीमा पार्ने असरलाई चित्रित गरेको छ ।

     

     

     

    साभार अनलाइनखबर

    Post Views: 237
    प्रकाशित मिति: २०८१ पुष २५, बिहीबार १७:०२
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.