काठमाडौं, पुस २५ गते / सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलका पूर्व स्वकीय सचिव अनिलकुमार पोखरेललाई नेपाल प्रहरीले पक्राउ गरेको छ । प्रहरीले पूर्व स्वकीय सचिव पोखरेललाई बिहीबार बिहान विराटनगरबाट पक्राउ गरेको हो ।


अनिलले एमबीबीएसमा नाम निकाल्ने भनेर ३८ लाख ८० हजार रुपैयाँ ठगी गरेको उजुरी छ । ठगी गरी आपराधिक लाभ लिएको मुद्दामा पोखरेललाई पक्राउ गरी अनुसन्धान गर्न मोरङ जिल्ला अदालतले अनुमति दिएको थियो ।
केही दिनअघि मात्रै सभापति पोखरेलले स्वकीय सचिव अनिललाई पक्राउ पर्ने पक्का भएपछि बर्खास्त गरेका थिए । यता सहकारी ठगीमा फरार पत्नी अञ्जला कोइराला हिजो अदालतमा हाजिर भएकी थिइन् भने अदालतमा उपस्थित हुनासाथ धरौटीमा रिहा भएकी छिन् ।




