• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

लागुऔषध नियन्त्रणमा बर्दिया प्रशासनको सक्रियताले लागुऔषध सेवनकर्ताको सिमापारि जाने संख्यामा कमि

  •  माउण्टेन संवाददाता
  • २०८१ पुष १९, शुक्रबार १२:३१ प्रकाशित
    Oplus_0
    • अ-
    • अ
    • अ+

    बर्दिया, पुस १९ गते / जिल्लामा लागुऔषध कारोबार एवं सेवनकर्ताको सङ्ख्या बढेपछि जिल्ला प्रशासन कार्यालय बर्दियाले करिब तिन महिना देखि सुरु गरेको अभियानका क्रममा सिमामा सचेतनासँगै ‘अपरेशनमा झनै कडा चेकजाचसुरु गरे संगै लागुऔषध सेवनकर्ता भारतिय सिमापारी जाने संख्यामा कमि देखिएको छ ।
    पुस १८ गते बर्दिया प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा नेपाल प्रहरी, सशस्त्र प्रहरी प्रमुखको टोलीले लागुऔषध कारोबारको जोखिमयुक्त नेपाल–भारत सीमा नाकामा कडाइ रुपमा जाँचसहित सम्भावित स्थानहरुको अनुगमन गरेको छ ।
    भाद्र महिनाको अन्तिम साताबाट सुरुवात गरिएको लागुऔषध कारोवार एवं सेवनकर्ता विरुद्घको अभियानको सुरुवात पछि, हालको अवस्थामा आएर भारतिय सिमापारि गएर लागुऔषध सेवनकर्ताहरुमो संख्यामा कमि देखिएको छ ।

    अनुगमनका क्रममा पुस १८ गते बर्दियाको भारतिय सिमा संग जोडिएको बढैयाताल गाँउपालिका बडा नं २ को फुटाहा नाकामा पहिलाको भन्दा मानिसहरुको चहलपहलमा कमि देखिएको थियो ।

    जिल्ला प्रशासन कार्यालय बर्दियाको सुरक्षा समितिले तीन महिने कार्ययोजना निर्माण गरी अभियानका रुपमा सचेतनासँगै चेकजाँचमा कडाइ गरिएको र हाल तिन महिना पछि पहिलाको भन्दा सिमापारि जाने स्थानीयहरुको संख्यामा कमि पनि भएको बर्दियाका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले बताउनुभयो । जिल्लामा करिब ८३ किलोमिटर खुला सिमाना भएकाले लागुऔषध कारोबार तथा दुर्व्यसन बढ्दै गएकाले नियन्त्रणका लागि अभियान सञ्चालन गरिएको र हाल लागुऔषध दुर्व्यसनीहरुको संख्यामा पनि कमि भएको उहाँले उल्लेख गर्नुभयो

    बढैयाताल गाउँपालिका अन्तर्गत सीमा क्षेत्रमा पर्ने फुटाहा गाउँको सिमानामा रहेको भारतीय बलई गाउँ बजारसँगको नाका लागुऔषध ओसारपसार केन्द्रका रुपमा प्रयोग भएको पाइएपछि सुरक्षा समितिले विशेष निगरानी चेकजाच बढाए संगै संख्यामा कमि देखिएको प्रजिअ शर्माले जानकारी दिनुभयो ।

    अनुगमन कै क्रममा बर्दियाको सदरमुकाम गुलरिया नगरपालिकाअन्तर्गत गणेशपुर नजिकै रहेको भारतको लौकाइ बजारसँगको नाका पनि लागुऔषध भित्र्याउने र सेवनकर्ताहरुको मुख्य नाकाका रुपमा पहिचान भएपछि नेपाल प्रहरी, सशस्त्र प्रहरी सुरक्षा प्रमुख द्वारा अभियान अन्तर्गत जनचेतना मुलक कार्यक्रम र आउजाउमा कडाइ गरे संगै यस नाकामा पनि लागुऔषध कारोवार र लागुऔषध प्रयोगकर्ताहरुको आवागमनमा कमि देखिएको छ ।

     

    Post Views: 340
    प्रकाशित मिति: २०८१ पुष १९, शुक्रबार १२:३१
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?
    हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’
    ताजा अपडेट
    • १. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • २. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ३. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    • ४. ०४८ यता सार्वजनिक पदमा रहेकाको सम्पत्ति छानबिन गर्न १५ दिनभित्र समिति गठन

    • ५. एफएटीएफको सर्त : उच्चपदस्थको सम्पत्ति छानबिन मात्र होइन, जफत नै गर्नुपर्छ

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.