• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

‘सबैलाई स्वीकार्य हुने गरी संविधान संशोधन गरौं’

  •  अर्जुन ओलि
  • २०८१ पुष १९, शुक्रबार १०:३१ प्रकाशित
    • अ-
    • अ
    • अ+

    बाँके, पुस १९ गते / जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले सबैलाई स्वीकार्य हुने गरी संविधान संशोधन गर्नुपर्नेमा जोड दिएका छन्। अवधी पत्रकार संघ नेपालले बिहीबार नेपालगन्जमा गरेको पत्रकार भेटघाटमा उनले संविधान संशोधन गर्नुपर्ने विषयमा आफ्नो पार्टीले सुरुदेखि नै आवाज उठाउँदै आएको बताए।

    संविधान संशोधन गर्दा शासकीय स्वरूप, निर्वाचन प्रणाली, समावेशिता, प्रदेशलाई अधिकार सम्पन्न गराउने कुरामा परिवर्तन गर्न आवश्यक रहेको पूर्वउपप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष यादवको भनाइ छ।

    मुलुकमा रहेका सात प्रदेशको संख्या बढाएर १० वटामा पुर्‍याउनुपर्ने उनले जोड दिए। ‘वर्तमान संविधान वास्तवमा संविधानसभामा व्यापक छलफल गरेर आएको होइन, संविधान सभामा तीन सय ६१ वटा संशोधन प्रस्ताव दर्ता भएको थियो। तर पनि छलफल नै नभएर संविधान ल्याइयो,’ उनले भने, ‘हामीले संविधान गलत छ, संशोधन गरौं भनेर देशव्यापी रूपमा आन्दोलन गरेका हौं।’

    संविधान संशोधन गर्ने विषयमा नेपाली कांग्रेस, नेकपा एमालेलगायत दलसँग पटकपटक सहमति भए पनि कार्यान्वयन नभएको यादवले आरोप लगाए। ‘संविधान संशोधन गर्ने अहिलेको आवश्यकता हो, सबै शक्तिले स्वामित्व लिने गरी संविधान संशोधन गरौं तर समावेशी लोकतन्त्रलाई समाप्त पार्ने गरी संशोधन नगरौं,’ उनले थपे।

    संघीय लोकतन्त्रलाई नै धरापमा पार्ने चेष्टा गरिएमा जनता चुप लागेर नबस्ने अध्यक्ष यादवले बताए। मुलुकमा बहुदलीय व्यवस्थालाई समाप्त पारेर दुई दलीय व्यवस्थामा लैजाने षड्यन्त्र पनि भइरहेको उनको आरोप छ।

    अर्को प्रसंगमा जसपा अध्यक्ष यादवले दुई ठुला दलले चलाएको वर्तमान सरकारले जनताका लागि खासै केही काम गर्न नसकेको बताए। ‘हामीले बाहिरै बसेर यो सरकारलाई समर्थन पनि गर्‍यौं, यत्रो दिन भइसक्यो कुनै सुधारको सकारात्मक सन्देशसम्म देखा परेका छैनन्,’ उनले भने, ‘न आर्थिक, न राजनीतिक, न कानुनी, न प्रशासनीक, न विकास निर्माण, कुनै पनि क्षेत्रमा कुनै उपलब्धि नै देखिँदैन।’

    Post Views: 267
    प्रकाशित मिति: २०८१ पुष १९, शुक्रबार १०:३१
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.