• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

के जनमत र नाउपाबीच एकता हुँदैछ ?

  •  
  • २०८१ पुष १८, बिहीबार २०:११ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौं, पुस १८ गते / जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त राउत र नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशम चौधरीबीच निरन्तर संवाद भइरहेको छ।

    यसपछि जनमत र नाउपाबीच पार्टी एकता हुने चर्चा सुरु भएको छ। तर, भइरहेका संवादहरू पार्टी एकताकै लागि भने नभएको जनमतका प्रवक्ता शरदसिंह यादवले बताए।

    ‘संवाद भइरहेको हो तर, त्यो पार्टी एकताकै लागि भने होइन,’ उनल भने, ‘संविधान संशोधनलगायतका विषयहरू छन्। ती नै विषयहरूमा छलफल भइरहेको हो।’

    उनले खासगरी मधेसकेन्द्रित दलहरूका बीचमा कार्यगत एकताका लागि प्रयास भइरहेको बताएका छन्। ‘मुद्दा मिल्ने कुरामा सामूहिक रूपमा जाऔँ भन्ने कुरा हो,’ उनले भने।

    यता जनता प्रगतिशील पार्टी (जप्रपा) का अध्यक्ष हृदयेश त्रिपाठीले मधेशकेन्द्रित दलहरूसँग संवाद गरिरहेका छन्। उनी मधेशवादी मोर्चा बनाउन प्रयासरत छन्। तर, राउत र चौधरी भने त्यस मोर्चाका प्रति गम्भीर छैनन्।

    ठीक यहीबेला राउत र चौधरीबीच भएको संवादलाई अर्थपूर्ण रूपमा हेरिएको छ। यसबारे थप जिज्ञासा राख्दा जनमतका उपाध्यक्ष अब्दुल खान भन्छन्, ‘संवाद हुनेबित्तिकै पार्टी एकता हुन्छ भन्ने हुँदैन। संवाद त सबै पार्टीसँग भइरहेको छ। तर, कार्यगत एकताका लागि प्रयास भइरहेको होला। यो अहिलेको राजनीतिक आवश्यकता पनि हो।’

    नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरी पनि जनमतसँग एकता हुनेबारे आफूलाई जानकारी नभएको बताउँछन्। ‘एकता हुने कुरा भएको भए मलाई थाहा हुन्थ्यो। अहिलेका लागि त्यस्तो छैन,’ उनले भनिन्।

    त्यसो त यसअघि यी दुई दलसहित महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)बीच कार्यगत एकताका लागि प्रारम्भिक समझदारी बनेको थियो। यसबारे पनि छलफल भइरहेको नेताहरूको दाबी छ

     

     

     

    साभार /नागरिक

    Post Views: 180
    प्रकाशित मिति: २०८१ पुष १८, बिहीबार २०:११
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.