बर्दिया, पुस १७ गते / कृषि तथा पशु विकासमा आधारित साना किसान तथा युवा उद्यमशीलता साझेदारी परियोजनाले बर्दियाको ठाकुरबाबा नगरपालिकाका किसानहरूलाई झन्डै २४ लाख रुपैयाँ बराबरका कृषि सामग्री वितरण गरेको छ ।


सात महिनाअघि पनि झन्डै यसैगरि २५ लाख रुपैयाँ बराबरका सामग्री वितरण गरेकाे संस्थाले जनाएको छ । परियोजनामार्फत दाना बनाउने मेशिन, घाँस काट्ने मेशिन, बाख्रा उपहार, तरकारी खेतीका लागि मल्चिङ टनेल लगायतका कृषि सामग्री वितरण गरेको संस्थाले जनाएको छ ।
ठाकुरबाबा नगरपालिकाका मेयर तिलकराम लम्सालले कृषि र पशुमा आधारित उद्यमशील कार्यक्रमका लागि किसानहरूलाई आर्थिक रूपमा आत्मनिर्भर बनाउन र साना किसानहरूको जीवनस्तर उकास्ने उद्देश्यले गरेको सहयोग महत्त्वपूर्ण रहेको बताउनुभयो ।
पुस १३ गते ठाकुरबाबा नगरपालिका २ को रामपुरमा भएको कार्यक्रममा ठाकुरबाबा कृषि तथा पशु विकासमा आधारित साना किसान तथा युवा उद्यमशिलता विकास परियोजना को आ.व. ०८१/०८२ स्वीकृत कार्यक्रम अनुसार ४१ जनालाई बाख्रा उपहार, ३०जनालाई व्यावसायिक तरकारी खेतिका लागि मल्चिङ/टनेल विउविजन लगायत १२ किसिमका कृषि सामग्री, ९० जना लाई तरकारी क्यारेट, १५ जनालाई चाफ कटर मेसिन, ९ वडाकै प्रतिनिधित्व गरेका ९ समुहलाई दाना बनाउने मेसिन र ठाकुरबाबा सामाजिक उद्यमि महिला सहकारी संस्था लि.लाई कृषि तथा पशु उपज ढुवानि का लागि १ वटा बिधुतिय अटो रिक्सा वितरण गरेको छ।
कार्यक्रममा हेफर प्रोजेक्ट नेपालका प्रतिनिधि, उज्यालो नेपालका अध्यक्ष पत्रकार, किसान लगाएतको उपस्थिति रहेको थियो ।




