• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

सशस्त्र प्रहरी बाँकेका एसपी बिमल डाँगीसहित छानबिनका लागि तानिए ४ जिल्लाका एसपी

  •  माउण्टेन संवाददाता
  • २०८१ पुष १०, बुधबार २१:२० प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौं, पुस १० गते / सशस्त्र प्रहरीका चार जिल्लाका तराईका एसपीहरु छानबिनका लागि सशस्त्र प्रहरी प्रधान कार्यालय तानिएका छन् ।

    सशस्त्र प्रहरी प्रमुख आईजीपी राजु अर्यालको आदेशमा मोरङका एसपी विश्व खड्का, बाराका एसपी सन्तोषबहादुर सिंह, धनुषाका एसपी दर्शन गिरी र बाँकेका एसपी बिमल डाँगीलाई छानबिनका लागि सशस्त्र प्रहरी मुख्यालय तानिएको हो ।

    सबैभन्दा पहिला सशस्त्र प्रहरी प्रधान कार्यालयमा छानबिनमा तानिने धनुषाका एसपी गिरी हुन् भने अरु तीन जना सोमबार तानिएका हुन् । एसपी गिरी गत बिहिवार तानिएका थिए।

    अवैध तस्करीमा मिलेमतो लगायत अन्य आरोप लागेपछि छानबिनका लागि चार जना जिल्ला एसपीहरुलाई मुख्यालय तानिएको सशस्त्र प्रहरी श्रोतले बतायो । अहिले उनीहरुसँग सम्बन्धित विषयमा छानबिन भइरहेको सशस्त्र प्रहरी श्रोतले जानकारी दिएको छ ।

    श्रोतका अनुसार धनुषाका एसपी गिरीमाथि आर्थिक अनियमितता गरेको उजुरी छ भने अन्य तीन जनामाथि अवैध तस्करी लगायतका विषयमा उजुरी परेको हो ।

    सशस्त्र प्रहरी प्रधान कार्यालय श्रोतका अनुसार छानबिनका क्रममा दोषी उनीहरु दोषी भेटिए कारबाही गरेर अर्कै एसपीहरुलाई पठाइने र निर्दोष पाइए उनीहरुलाई नै फिर्ता पठाउने बताइएको छ । यसअघि पनि एसपी खड्का असारमा मुख्यालय तानिएर फिर्ता गएका थिए ।

     

     

     

    साभार/बागेश्वपोष्ट

    Post Views: 352
    प्रकाशित मिति: २०८१ पुष १०, बुधबार २१:२०
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.