• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

राहत प्रक्रिया सजिलो बनाइदिन वन्यजन्तु पीडितको माग

  •  माउण्टेन संवाददाता
  • २०८१ पुष ९, मंगलवार २१:०० प्रकाशित
    • अ-
    • अ
    • अ+

    बाँके, पुस ९ गते / बन्यजन्तुबाट पीडित बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नम्बर २ स्थित टिकुलीपुरका स्थानीयले राहत प्रक्रिया सजिलो बनाइदिन माग गरेका छन् । उनीहरुले राहत प्रक्रियामा अन्य कागजातसँगै स्थायी लेखा नम्बर माग्दा समयमा राहत पाउन नसकेकाले प्रक्रिया सहज बनाउन माग गरेका हुन् ।

    समुदायका लागि सञ्चार अभियान नेपाल (सीसीएन) ले आयोजना गरेको गोलघर सम्वाद कार्यक्रम युएसएडको सहयोगमा द एसिया फाउन्डेशन मु्ख्य कार्यान्वयन संस्था रहेको युएसएड नागरिक समाज तथा सञ्चार कार्यक्रम अन्तर्गत  ‘वातावरणीय न्याय र जवाफदेहिताका लागि सीमान्तकृत समुदायको सबलीकरण’ अभियानमार्फत आयोजित कार्यक्रमका सहभागीहरुले यस्तो माग गरेको आयोजक संस्था सीसीएनले जनाएको छ ।

    कार्यक्रममा स्थानीय सिमा केसीले बाघले बाख्रा खाएको लामो समयसम्म पनि राहत पाउन नसकेको बताइन् । उनले प्रक्रिया लामो र झन्झटिलो भएकोमा दुःखेसो पोखिन् । कार्यक्रममा सिताराम जैसीले बँदेल र बाघले मात्र होइन, सुगाले पनि बाली खाएर नोक्सानी बेहोर्नुपरेको बताए । अर्का स्थानीय पदमी पुनले ऐलानी जग्गा भएका कारण पनि राहत पाउन नसकेकोमा दुःख व्यक्त गरिन् ।

    बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नम्बर २ स्थित वन तथा वातावरण संरक्षण समन्वय समितिका अध्यक्ष कृष्ण केसीले स्थानीयहरुका समस्या समाधानका लागि यो छलफलले सहयोग पुग्ने बताए । उनले राहत प्रक्रियाका क्रममा भोगेका समस्या समाधानका लागि पहल गरिदिन आयोजक संस्था सीसीएनसँग माग गरे ।

    कार्यक्रममा बिषय विज्ञ प्रकाश उपाध्यायले मानव र वन्यजन्तु बीचको द्वन्द न्यूनीकरण, राहत प्रक्रिया र बीमा प्रक्रियाका बारेमा जानकारी गराएका थिए । कार्यक्रममा ४० जनाको सहभागिता रहेको थियो । कार्यक्रम बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नम्बर २ टिकुलीपुरस्थित हरलाफाटा सामुदायिक वन उपभोक्ता समूहको भवनमा सम्पन्न भएको थियो ।

    Post Views: 233
    प्रकाशित मिति: २०८१ पुष ९, मंगलवार २१:००
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.