• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

बारबर्दियाको ७ नम्बर वडा बाल विवाहमुक्त वडा घोषणा

  •  मुरली गोडिया
  • २०८१ पुष ५, शुक्रबार ०८:५३ प्रकाशित
    • अ-
    • अ
    • अ+

    बर्दिया, पुस ५ गते / बारबर्दिया नगरपालिकाको वडा नम्बर ७ लाई बाल विवाह मुक्त वडा  घोषणा गरिएको छ । पुस ३ गते एक कार्यक्रमका बिच लुम्बिनी प्रदेशका पर्यटन तथा यातायात मन्त्रि प्रचण्ड विक्रम न्यौपानेले वडा नम्बर ७ लाई बाल विवाह मुक्त वडाको रुपमा घोषणा गर्नु भएको हो । बारबर्दिया नगरपालिकामा बालविवाह मुक्त वडा घोषणामा वडा नम्बर ७ दास्रो भएको छ । घोषणा कार्यक्रमका प्रमुख अतिथि एवं पर्यटन तथा यातायात मन्त्रि प्रचण्ड विक्रम न्यौपानेले बालविवाहको दर शुन्यमा झार्नु पर्ने बताउनु भयो । विशेष गरि स्थानिय नगारिक, अगुवा, अभिभावक तथा आफु स्वंय लागेर बालविवाह शुन्यमा गर्न सकिने विश्वास व्यक्त गर्नु भयो । नागरिक बाट भोट लिएर नितीगत तहमा पुगेका जनप्रतिनिधीलाई आफैले बनाएको कानुनको कार्यन्वयन गराउन दवाव दिनु सवै मतदाताको जिम्मेवारी रहेको जोड दिनु भयो । बारबर्दिया नगरपालिकाले सवै राजनैतिक दल, संघसंस्था स्थानिय नगारिक, अभिभावक लगायतलाई मिलाएर लगि बालविवाह शुन्य पालिका बनाउने धारणा राख्नु भयो ।

     

    यस्तै लुम्बिनि प्रदेशसभा सदस्य राजकुमार थारुले बालविवाह अन्त्यका लागी बालबालिकाको अभिभावक तथा गाँउका अगुवाहरुको महत्वपुर्ण भुमिका रहेने बताउनु भयो । अभिभावकहरुले चाहे आफना बालबालिकालाई विवाह गर्न बाट रोक्न सक्ने उहाँको विश्वास थियो । फरक प्रसंगमा बोल्दै थारुले यातायात कार्यलय बारबर्दियामा ल्याउनु पर्ने बताउनु भयो । यातायात कार्यक्रम बारबर्दियामा ल्याउन सके नगरले जग्गा उपलब्ध गराउने सक्ने उल्लेख गर्नु भयो । यसका लागी नगरप्रमुख संग एकचरणको कुरा समेत भएको बताउनु भयो ।

    बारबर्दिया नगरपालिकाले २०८३ सम्ममा ११ वटै वडा बालविवाह मुक्त गरि पालिकालाई नै बालविवाह मुक्त पालिका घोषणा गर्ने लक्ष्य राखी अघि बढी नगरप्रमुख छविलाल थारुले बताउनु भयो । थारु समुदायमा पछर््यौटी भन्ने चलनले समाजमा नाकारात्मक असर पारी रहेको प्रष्ट पार्नु भयो । यो प्रथालाई रोक्न अभिभावक स्वयं लाग्न आग्रह समेत गर्नु भएको छ । अभिभावकको जानकारीमै छोरीछोरीले भेट्ने बस्ने कम समयमा बुहारी भित्रयाउने र पछि समय पुगेपछि जन्मदर्ता बनाई विवाह दर्ता समेत बनाउने गरेको खुलाशा गर्नु भयो । यस्तो क्रियाकलापलाई रोक्न सम्पुर्ण नगरबासीलाई नगरप्रमुख थारुले आग्रह गर्नु भयो ।

    नेपालमा सन् २०३० सम्ममा नेपाललाई बाल विवाह मुक्त बनाउने राष्ट्रिय रणनीति अनुसार बारबर्दिया नगरपालिकालाई विक्रम संवत २०८३ सम्ममा बाल विवाह मुक्त पालिका बनाउने कार्ययोजना अन्तरगत वडा नम्बर ७ लाई बाल विवाह मुक्त घोषणा गरिएको छ । बारबर्दिया नगरपालिकाले बाल विवाह न्युनिकरण निर्देशिका २०७८ अनुसार वडामा १५ प्रतिशत भन्दा कम बाल विवाह भए घोषणा गर्न सकिने थ्रेसहोल्ड र वडा स्तरमा बिभिन्न किसिमका बाल विवाह रोकथामका क्रियाकलाप तथा सुचकहरु पुरागरी कार्यान्वयन गरेको वडालाई बाल विवाह मुक्त घोषणा गर्न सक्ने ब्यबस्था रहेको महिला तथा बालबालिका शाखा प्रमुख उषा पुनले बताउनु भयो । सोही सुचक तथा  क्रियाकलापहरु पुरा गरेकोले वडा नम्बर ७ लाई बाल विवाह मुक्त घोषणा गरिएको छ ।

    बारबर्दिया नगारपालिका वडा नम्बर ७ का अध्यक्ष इन्द्र प्रसाद चौधरीको सभाध्यक्षमा भएको कार्यक्रम वडाको आयोजना, प्लान इन्टरनेशनल नेपाल भेरी वातावरणिय विशिस्टता समुह(बि ग्रुप), राधाकृष्ण थारु जनसेवा केन्द्रको लगायत सस्थाहरुको सहकार्यमा बालबिवाह मुक्त वडा घोषणा गरिएको हो ।

    Post Views: 214
    प्रकाशित मिति: २०८१ पुष ५, शुक्रबार ०८:५३
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?
    हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’
    ताजा अपडेट
    • १. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • २. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ३. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    • ४. ०४८ यता सार्वजनिक पदमा रहेकाको सम्पत्ति छानबिन गर्न १५ दिनभित्र समिति गठन

    • ५. एफएटीएफको सर्त : उच्चपदस्थको सम्पत्ति छानबिन मात्र होइन, जफत नै गर्नुपर्छ

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.