• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

गुलरियामा रनिङ सिल्ड प्रतियोगिता सुरु, शिक्षा र खेलकुदलाई पहिलो प्राथमिकता- मन्त्री तिमिल्सिना

  •  माउण्टेन संवाददाता
  • २०८१ मंसिर १९, बुधबार १५:०० प्रकाशित
    Oplus_0
    • अ-
    • अ
    • अ+

    बर्दिया, मंसिर १९ गते / बर्दियाको गुलरियामा आयोजित गुलरिया नगरपालिका स्तरीय सत्रौं राष्ट्रपति रनिङ्ग शिल्ड तथा पाँचौ मेयरकप खेलकुद प्रतियोगिता २०८१ को मंगलबार उद्घाटन गर्दै लुम्बिनी प्रदेश सामाजिक विकास मन्त्रालयका मन्त्री जन्मजय तिमिल्सिनाले

    शिक्षा र खेलकुदलाई पहिलो प्राथमिकतामा राखेर अघि बढ्ने  बताएका छन् । ‘खेलकुदमा सहभागिता, गुलरियाको प्रगति र एकता’मुल नाराका साथ गुलरिया नगरपालिका स्तरीय सत्रौं राष्ट्रपति रनिङसिल्ड प्रतियोगिताको समुद्घाटन कार्यक्रममा उनले सो कुरा बताएका हुन ।

    क्वालिटी एजुकेशन निर्माण र शिक्षाको स्तर कसरी बृद्धि गर्नका लागि आफुले काम गरिरहेको मन्त्री तिमिल्सिनाले बताए । ‘आइटि वा शिक्षा क्षेत्रमा परिवर्तन गरेर हुन्छ की पढाउने पद्धतिमा परिवर्तन गरेर हुन्छ,’मन्त्री तिमिल्सिनाले भने,‘हामीले शिक्षामा परिवर्तन गर्न जरुरी छ ।’ यदि शिक्षामा परिवर्तन गर्न सकेनौं भने समाजलाई रुपान्तरण गर्न नसक्ने मन्त्रीले बताए । ‘समाजलाई रुपान्तरण गर्नको लागि शिक्षा समाजको ऐना हो,’मन्त्री तिमिल्सिनाले भने,‘समाजको ऐना नै धमिलो भयो भने समाजलाई रुपान्तरण गर्न सकिदैन ।’

    आफ्नो मन्त्रालयको बजेटले भ्याएसम्म खेलकुद र शिक्षालाई पहिलो प्राथमिकतामा दिईनेछ । खेलकुद स्वास्थ्यसंग मात्र सम्बन्धित नभई पर्यटक, आर्थिक उन्नति, कृषि, शिक्षा र अन्य व्यवसायीसंग जोडिएको हुन्छ । अन्य मुलुक भन्दा हामीले खेलकुद क्षेत्रलाई महत्व दिन नसकेको मन्त्री तिमिल्सिनाले सुनाए ।  खेलकुद क्षेत्रलाई बुझाउन नसकेर र चिनिएका खेलाडीको अवस्था राज्यको नेतृत्वले अभिलेख राख्न नसकेको मन्त्री तिमिल्सिनाले धारणा व्यक्त गरे । तर खेलाडीहरुलाई गर्ने सम्मान र सहयोगको लागि आफु प्रतिबद्ध रहेको मन्त्री तिमिल्सिनाले भनाई राखे ।

    नगरका ५४ वटा विद्यालयलाई खेलकुदको माध्यमबाट एक ठाउँमा उभ्याउन पाउँदा धेरै खुसी लागेको गुलरिया नगरपालिकाका नगर प्रमुख मुक्तिनाथ यादवले बताए । ‘यो अवसरले सम्पुर्ण विद्यार्थी र शिक्षकको भेट गराएको छ,’ नगर प्रमुख यादवले भने,‘यस प्रतियोगितामा विद्यार्थीहरुले सानदार प्रतिभा देखाउनु भएको छ ।’ खेलको साथसाथै पढाईमा पनि विद्यार्थी भाईबाहिनीहरुले ध्यान दिन जरुरी रहेको नगर प्रमुख यादवले भनाई राखे ।

    आज बुधबार देखि अन्य खेल नियमित गराउने आयोजक समितिका संयोजक माधवराज शर्मा ढकालले बताए । ‘बिहान एथलेटिक्स, दिउँसो भलिबल र कबड्डी खेल हुनेछ,’ संयोजक ढकालले भने,‘क्रिकेट खेल फाइनल भईसकेको छ ।’ त्यसैगरि आधारभूत तहको कलस्टर वाइज प्रतिस्पर्धाबाट खेलाडीहरु आईसकेका छन् । शुक्रबार प्रतियोगिताको समापन गर्ने तयारी रहेको संयोजक ढकालले जानकारी दिए ।

    Post Views: 325
    प्रकाशित मिति: २०८१ मंसिर १९, बुधबार १५:००
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.