• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

‘एनओसीले आइओसीको चार्टरविपरीत काम गर्‍यो’

  •  माउण्टेन संवाददाता
  • २०८१ मंसिर १७, सोमबार १३:०४ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाण्डौं, मंसिर १७ गते / नेपाल ओलम्पिक कमिटी (एनओसी) का वर्तमान नेतृत्वले राष्ट्रिय खेलकुद विकास ऐन २०७७ र अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आइओसी) को चार्टरविपरीत काम भैरहेको आरोप लागेको छ।

    नेपालका ६ वटा खेल संघले आइतबार काठमाडौंमा संयुक्त रूपमा पत्रकार सम्मेलन आयोजना गर्दै सो आरोप लगाएका हुन्। नेपाल रग्बी संघ, नेपाल घोडचढी, नेपाल स्केटिङ तथा स्केटबोर्डिङ संघ, नेपाल बेसबल तथा सफ्टबल संघ, नेपाल स्पोर्ट्स क्लाइम्बिङ संघ र नेपाल आइस हक्की संघले आफूहरूलाई अन्यायपूर्ण तरिकाले एनओसीको सदस्यता लिनबाट वञ्चित गरिएको उल्लेख गर्दै एनओसीको वर्तमान नेतृत्वले राष्ट्रिय खेलकुद विकास ऐनसँगै आइओसीको चार्टरसमेत लत्याएको उल्लेख गरेको छ। राष्ट्रिय खेलकुद विकास ऐनमा दुई पल्टसम्म कुनै पनि खेल संस्थाको एउटै पदमा बस्न पाउने कानुनी व्यवस्था छ।

    तर, एनओसीका वर्तमान अध्यक्ष जीवनराम श्रेष्ठले छलकपट तरिकाले विधान संशोधन गर्दै तेस्रोपल्ट पनि नेतृत्वका लागि प्रयास गरिरहेको ती खेल संघको आरोप छ। नेपाल घोडचढी संघका अध्यक्ष रवि राजकर्णिकारले दुई पल्टसम्म राष्ट्रिय खेलकुद परिषद् (राखेप) सदस्यसचिव र दशकौंसम्म एनओसीको नेतृत्वमा रहेका श्रेष्ठले ‘डिभाइड एन्ड रुल’ गर्दै नेपाली खेलकुदमा निस्तेजको राजनीति गरिरहेको आरोप लगाए। साथै ६ वटा खेल संघले आफूहरू योग्य भए पनि एनओसीले अन्यायपूर्वक सदस्यता नदिएको आरोप पनि लगाएका छन्। राष्ट्रिय खेलकुद विकास ऐन २०७७ को धारा १८ को परिच्छेद ८ बमोजिम एनओसीको सदस्य बन्न योग्य रहेको उनीहरूको भनाइ छ।

    साथै ती संघले आइओसीको चार्टरको धारा २८ को उपधारा १ अनुरूप आइओसीबाट स्वीकृत अन्तर्राष्ट्रिय खेल संघले ओलम्पिकको सदस्यता पाउने व्यवस्था रहेको पनि औंल्याए। यी प्रावधान भए पनि एनओसीको वर्तमान नेतृत्वले राजनीति गर्दै बेवास्ता गरेको संघहरूको आरोप छ।

    नेपाल स्पोर्ट्स क्लाइम्बिङ संघका अध्यक्ष रमेश पौडलले एनओसीका अध्यक्षले आफ्नै विधान पनि लत्याउँदै आएको बताएका छन्। घोडचढी संघका अध्यक्ष राजकर्णिकारले एनओसीको सदस्यता नपाउँदा अन्तर्राष्ट्रिय महासंघबाट प्राप्त हुने सेवासुविधाबाट वञ्चित हुनुपरेको गुनासो गरेका छन्। एनओसीको अन्यायपछि आफूहरू बाध्य भएर अदालतमा मुद्दा दायर गर्नुपरेको उनीहरूको भनाइ छ।

     

     

     

    साभार, नागरिक

    Post Views: 176
    प्रकाशित मिति: २०८१ मंसिर १७, सोमबार १३:०४
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.