बर्दियाको ठाकुरबाबा नगरपालिका वडा नम्बर ४ काे वडा अध्यक्ष पदका लागि भएको उपनिर्वाचनकाे मत गणना अहिले राति ९.३० बजेदेखि सुरु भएको छ ।

कुल मतदाता ३ हजार ५ सय १० मतदाता रहेको यस वडामा महिला मतदाता १ हजार ८ सय ३९ रहेका छन् भने पुरुष मतदाता १ हजार ६ सय ७१ मतदाता रहेका थिए । तर आज मत भने २ हजार २ सय ३९ अर्थात् ६३ दशमलव ७९ प्रतिशत मत मात्र खसेको छ ।

ठाकुरबाबा नगरपालिकाको कृषि भवनको मतदान केन्द्रमा ७ सय ४२ र बर्गदा स्थित विद्यालयमा १ हजार ४ सय ९७ मतदान भएको छ भने सुरुमा कृषि सेवा केन्द्रकाे ७४२ मत गणना हुँदै ।




