• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

बर्दिया कप क्रिकेट टि२० को उपाधि राजापुर नगरपालिकालाई

  •  दीपकलाल श्रेष्ठ
  • २०८१ मंसिर १४, शुक्रबार १८:५७ प्रकाशित
    Oplus_131072
    • अ-
    • अ
    • अ+

    बर्दिया, मंसिर १४ गते / बर्दियाको गुलरियामा जिल्ला क्रिकेट सङ्घ बर्दियाद्वारा आयोजित बर्दिया कप क्रिकेट टि२०को उपाधी राजापुर नगरपालिकाले प्राप्त गरेको छ। आज भएको एक रोमाञ्चक फाइनल खेलमा बर्दिया क्रिकेट एकेडेमी (ए)लाई २१ रनले पराजित गर्दै राजापुर नगरपालिकाले उपाधि माथि कब्जा जमाएको छ।

    आज भएको फाइनल खेलमा टस जितेर राजापुर नगरपालिका टस जितेर पहिलो ब्याटिङ गरेको थियो। निर्धारित २० ओभरको खेलमा १६.३ ओभरमा १० वटै विकेट गुहाउँदै ९१ रन मात्र बनाउन सकेको थियो। राजापुरको तर्फबाट ब्याटिङ गर्दै सिद्धान्तराज शाहीले १७ बलमा २० रन बनाए भने सुलभ चौधरीले १६ बलमा १३ रनको योगदान दिएका थिए। आजको फाइनल खेलमा सुरुदेखि नै ब्याटिङ राम्रो गर्न नसकिरहेको राजापुर टिमका खेलाडीहरूले राम्रो स्कोर गर्न नसक्दा सम्पूर्ण टिम १६.३ ओभरमा ९१ को रनमा अलआउट भयो । बर्दिया क्रिकेट एकेडेमीको तर्फबाट कसिलो बलिङ गर्दै समिर आचार्यले चार ओभरमा १८ रन दिएर ३ विकेट लिए। साथै रुपेश बस्यालले ४ ओरमा ३० रन दिएर ३  विकेट लिए भने बिरु मगरले ४ ओभरमा १४ रन दिएर २ विकेट लिन सफल भएका थिए।

    ९२ रनको विजयी  लक्ष्य लिएर आएको बर्दिया क्रिकेट एकेडेमी (ए) निर्धारित २० ओभरको खेलमा १८. ३ ओभरमा ७० रन मै अल आउट हुँदा बर्दिया क्रिकेट एकेडेमी (ए) राजापुर नगरपालिकासँग २१ रनले पराजित भयो।

    बर्दिया क्रिकेट एकेडेमीको तर्फबाट ब्याटिङ गर्दै समिर आचार्यले २९ बलमा नटआउट २७ रन बनाउन सफल भएका थिए भने अश्विन गिरीले १४ बलमा ११ रन बनाउन बाहेक अरु कुनै पनि खेलाडीले दोहोरो अङ्क छुन सकेनन् र सम्पूर्ण बर्दिया क्रिकेट एकेडेमीको टिम ७० रनमै अलआउट हुन पुग्यो। राजापुर नगरपालिकाका तर्फबाट सौगात खत्रीको आक्रमण बलिङले गर्दा बर्दिया क्रिकेट एकेडेमी ए को ब्याटिङ लाइन चल्न सकेको थिएन । राजापुरको तर्फबाट बलिङ गर्दै सौगात खत्रीले ४ ओभरमा १४ रन दिएर ४ विकेट लिएका थिए भने अजय साहनीले ४ ओभरमा १९ रन दिएर २ विकेट लिएका थिए।

    आजको फाइनल खेलमा कसिलो बलिङ गर्दै बर्दिया क्रिकेट एकेडेमीको चार विकेट लिन सफल भएका राजापुर नगरपालिकाका सौगात खत्री म्यान द फाइनल घोषित भएका थिए। प्रतियोगिताभरिको म्यान अफ द सिरिज भने राजापुर नगरपालिकाका सिद्धान्तराज शाही भएका थिए।

    प्रतियोगिताको बेस्ट बलरमा राजापुर नगरपालिकाका अजय साहनी भएका थिए, उनले प्रतियोगिता भरि १३ विकेट लिन सफल भएका थिए। यसैगरी बेस्ट ब्याट्सम्यानमा राजापुर नगरपालिकाकै सन्दीप नेपाली भएका थिए, उनले प्रतियोगिताभरि १ सय १७ रन बनाएका थिए। साथै प्रतियोगिताको उदयमान खेलाडी जनजागृति युवा क्लबका दीपक भण्डारीले प्राप्त गरेका थिए।

    आजको खेलमा विजयसँगै राजापुर नगरपालिकाले ५० हजार ५ सय रुपैयाँ प्राप्त नगद प्राप्त गरेको छ भने उपविजेता बर्दिया क्रिकेट एकेडेमी (ए)ले नगद २५ हजार सय नगद प्राप्त गरेको छ।

    मङ्सिर ८ गतेदेखि मङ्सिर १४ गतेसम्म सञ्चालित यस बर्दिया कप क्रिकेट टि २० प्रतियोगितामा जिल्ला भरिका करिब पाँच वटा टिमको सहभागिता रहेको थियो भने खेल लिगको आधारमा खेलाइएको थियो।

    आजको खेलको पुरस्कार तथा कप सम्मान वितरण प्रतियोगिताको प्रायोजक गरेका ब्ल्याकबक युथ क्लबका संयोजक बिमल केसीले गरेका थिए ।

    Post Views: 747
    प्रकाशित मिति: २०८१ मंसिर १४, शुक्रबार १८:५७
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.