बाँके, मंसिर १२ गते / जनतामा सुशासनको अनुभूति हुने गरेर काम गर्न लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिनाले कर्मचारीहरुलाई निर्देशन दिएका छन् । मंसिर १२ गते बुधबार बाँकेको नेपालगन्जमा नेपाल निजामती कर्मचारी युनियन बाँकेको आयोजनामा भर्खरै नियुक्त हुनु भएका मन्त्री माननिय जन्मजय तिमिल्सिनालाई बधाई, स्वागत तथा सम्मान कार्यक्रममा आज तिमल्सिनाले नेपाल निजामती कर्मचारी युनियन आवद्ध कर्मचारीहरुलाई सो निर्देशन दिएका हुन ।


जनताको काम कर्मचारीहरुले इमान्दारीका साथ गर्न निर्देशन दिदै उनले भने कर्मचारीहरूको समस्या पनि आफूलाई भने आफु सरकारमा रहुन्जेल समस्या समाधानका लागि सहजिकरण गरिरहने मन्त्री तिमिल्सिनाले प्रतिवद्धता जनाए ।

तिमिल्सिनाले दुई ठूला दल एक ठाउँमा आउनुलाई जनताको आवश्यकता रहेको, साथै कांग्रेस र एमाले नमिल्दा मुलुकमा अस्थिरता कायम नै रहने अवस्था देखिएपछि ठूला दुई दल मिलेको र मुलुक अब कसैको छलकपट र झुटमा नचल्ने भन्दै तिमिल्सिनाले नागरिकलाई सहज सेवा दिनु जनप्रतिनिधि र कर्मचारी दुबैको भूमिका रहने समेत उनले भने ।

लुम्बिनी प्रदेशसभा सदस्य माया पुनले कर्मचारी युनियनमा आवद्ध कर्मचारीहरुलाई नागरिक मैत्री सेवा दिन सुझाव दिइन् ।
“देशलाई समृद्ध बनाउन कर्मचारीको महत्त्वपूर्ण योगदान रहने हुदा देशलाई सुशासनको बाटोतिर लैजान कर्मचारीहरूको भूमिका रहने छ” लुम्बिनी प्रदेशसभा सदस्य शुशिला वादी नेपालीले भनिन् ।
सरकार , मन्त्रालय र मन्त्रीले बनाएका योजनाहरु निजामती कर्मचारीहरुले कार्यान्वयन गर्नुपर्ने नेपाल निजामती युनियनका नेता मानबहादुर गिरीले बताए ।

कार्यक्रममा पूर्व कर्मचारीहरुको तर्फबाट शिवराज तिमिल्सिना, नेपाल निजामती कर्मचारी युनियन बाँकेका महाधिवेशन प्रतिनिधि नगेन्द्र शाही, नेपाल निजामती कर्मचारी युनियन बाँकेका अध्यक्ष उद्वव श्रेष्ठ, नेपाल प्रेस युनियन बाँकेका अध्यक्ष प्रियास्मृति ढकाल लगायतको उपस्थिति रहेको थियो।




