• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

सूर्यको किरणबाट भिटामिन डी लिने सही समय कुन हो ?

  •  माउण्टेन संवाददाता
  • २०८१ मंसिर १२, बुधबार १३:१६ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाण्डौं, मंसिर १२ गते / हाम्रो शरीरलाई राम्ररी काम गर्न निकै धेरै भिटामिन र खनिजहरू चाहिन्छ । हाम्रो शरीरका लागि नभई नहुने भिटामिनमध्ये एक भिटामिन डी हो ।

    यो भिटामिन प्राकृतिक रूपमा सूर्यको किरणबाट प्राप्त हुन्छ । तर जाडोमा हामीले टन्नै लुगा लगाएर बस्ने भएकोले शरीरले पर्याप्त भिटामिन डी पाउन सक्दैन र यसको कमी हुन्छ । भिटामिन डी हाम्रो शरीरको लागि आवश्यक पोषक तत्त्व हो । यसले हड्डीलाई बलियो बनाउन, प्रतिरक्षा प्रणालीलाई मजबुत पार्छ र क्याल्सियमको अवशोषणमा पनि मद्दत गर्छ ।

    यो मुख्यतया: सूर्यको किरणको सम्पर्कको कारण शरीरमा प्राकृतिक रूपमा उत्पादन हुन्छ । तर भिटामिन डीको स्तर कायम राखिराख्नु सबैका लागि सजिलो हुँदैन । आजको यस लेखमा हामीहरू घामबाट भिटामिन डी प्राप्त गर्ने सही समय र शरीरमा यसको कमीका लक्षणहरूबारे कुराकानी गर्नेछौँ-

    • घामबाट भिटामिन डी लिने उपयुक्त समय

    वैज्ञानिक अध्ययनका अनुसार बिहान १० बजेदेखि दिउँसो २ बजेसम्मको घाममा भिटामिन डीको उत्पादन सबैभन्दा बढी हुन्छ । यस समयमा, सूर्यको किरणहरू सिधा हुन्छन्, जसका कारण यूभीबी किरणहरूले छालामा बढी प्रभाव पार्छ ।

    • समय, स्थान र मौसममा पनि निर्भर

    तपाईं पहाडी क्षेत्रमा बस्नु हुन्छ भने, घाम धेरै चर्को हुन्छ । त्यसैले कम समय पनि पर्याप्त हुन सक्छ । चिसो वा बढी प्रदूषित क्षेत्रमा पर्याप्त भिटामिन डीका लागि लामो समयसम्म घाममा बस्नुपर्ने हुन सक्छ ।

    • घाममा कति समय बस्नुपर्छ ?

    उज्यालो छाला भएका मानिसहरूले दिनको १०–१५ मिनेट घाममा बस्नुपर्छ ।

    कालो छाला भएका मानिसहरूका लागि २०–३० मिनेट घाममा बस्नु फाइदाजनक हुन्छ ।

    • सावधानी

    –बिहानको कलिलो घाम हाम्रो लागि बढी सुरक्षित हुन्छ ।

    –सूर्यको प्रकाशको अत्यधिक एक्सपोजरले छाला जल्न सक्छ । त्यसैले सन्तुलन कायम राख्न महत्त्वपूर्ण छ ।

    शरीरमा भिटामिन डीको कमी छ भनेर कसरी थाहा पाउने ?

    • हड्डी र मांसपेशीमा पीडा

    भिटामिन डीको कमीले क्याल्सियम राम्ररी अवशोषित हुँदैन, जसका कारण हड्डी कमजोर हुन्छ । यसले ओस्टियोपोरोसिस र हड्डी फ्र्याक्चर हुने जस्ता समस्या देखिन सक्छ ।

    • थकान र कमजोरी

    कुनै भारी काम नगरीकन पनि थकित महसुस गर्नुहुन्छ भने यो भिटामिन डीको कमीको संकेत हुन सक्छ ।

    • डिप्रेसन र मुड स्विङ्स

    भिटामिन डी मानसिक स्वास्थ्यसँग पनि सम्बन्धित छ । यसको कमीले डिप्रेसन र चिडचिडापन निम्त्याउन सक्छ ।

    • कपाल झर्ने

    भिटामिन डीको कमीले कपाल झर्ने समस्या बढाउँछ ।

    रोग प्रतिरोधात्मक क्षमता कमजोर हुनु

    बारम्बार रुघाखोकी लाग्नु र संक्रमणबाट सजिलै प्रभावित हुनु भनेको शरीरको रोग प्रतिरोधात्मक क्षमता कमजोर भएको संकेत हो ।

    • यसरी पूरा गर्नुस् भिटामिन डीको कमी

    –सूर्यको प्रकाशको अधिकतम प्रयोग गर्नुस् ।

    –दैनिक कम्तिमा १५–३० मिनेटको समय घाममा बिताउनुस् ।

    यस बाहेक पनि तपाईले आफ्ना खानमा भिटामिन डी युक्त यी खानेकुराहरू समावेश गर्न पनि सक्नु हुन्छ ।

    –माछा (साल्मन, टुना)

    –अण्डाको पहेंलो हिस्सा

    –च्याउ

    –डाक्टरको सल्लाहमा भिटामिन डी चक्की वा क्याप्सुलको सेवन पनि यसको एउटा विकल्प हुन सक्छ ।

    सूर्यको किरण भिटामिन डी प्राप्त गर्ने सबैभन्दा प्राकृतिक र प्रभावकारी स्रोत हो । सही समयमा सूर्यको किरणको सम्पर्कले तपाईँको हड्डीलाई त बलियो बनाउँछ नै प्रतिरक्षा प्रणालीमा पनि सुधार गर्दछ । तपाईँलाई पनि आफूमा भिटामिन डीको कमीको लक्षणहरू महसुस गरिरहनु भएको छ भने तुरुन्तै डाक्टरसँग परामर्श लिनुहोस् अनि आफ्नो आहार र जीवनशैली सुधार गर्नुहोस् ।

    (अस्वीकरण: यो लेख सामान्य जानकारीको लागि अनलाइन सामाग्रीबाट तयार पारिएको हो । अधिक जानकारीका लागि विशेषज्ञ वा आफ्नो चिकित्सकसँग परामर्श गर्नुहोला।)

     

     

     

    साभार, रातोपाटी 

     

     

     

     

    Post Views: 153
    प्रकाशित मिति: २०८१ मंसिर १२, बुधबार १३:१६
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?
    हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’
    ताजा अपडेट
    • १. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • २. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ३. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    • ४. ०४८ यता सार्वजनिक पदमा रहेकाको सम्पत्ति छानबिन गर्न १५ दिनभित्र समिति गठन

    • ५. एफएटीएफको सर्त : उच्चपदस्थको सम्पत्ति छानबिन मात्र होइन, जफत नै गर्नुपर्छ

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.