• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

आलोचनापछि राखेप बैठक राख्न मन्त्री तयार

  •  
  • २०८१ मंसिर १०, सोमबार १८:२७ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौं, मंसिर १० गते / राष्ट्रिय खेलकुद परिषद् (राखेप) को ११८औं बोर्ड बैठक आगामी शुक्रबार बस्ने भएको छ।

    वर्षमा कम्तीमा दुईपल्ट बोर्ड बैठक बस्नुपर्ने राष्ट्रिय खेलकुद विकास ऐन २०७७ मा स्पष्ट उल्लेख भए पनि करिब १४ महिनापछि राखेपको बोर्ड बैठक बस्न लागेको हो। युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले बोर्ड बैठक राख्न चासो दिएका थिएनन्। यसअघि चार पल्टसम्म बोर्ड बैठक राख्न राखेपको प्रस्ताव मन्त्री चौधरीले अस्वीकार गर्दै आएको राखेपका एक सदस्य बताउँछन्।

    ‘उहाँले यसअघि चार पल्टसम्म बोर्ड राख्न गरेको प्रस्ताव अस्वीकार गर्नुभएको थियो। यसअघि गत मंसिर ७ गते बोर्ड बैठक राख्न उहाँ तयार देखिनुहुन्थ्यो। तर, अन्तिम समयमा रद्द गर्नु भयो,’ ती बोर्ड सदस्यले भने।

    यसपल्ट बोर्ड बैठकमा दशौं राष्ट्रिय खेलकुद र प्रथम पारा राष्ट्रिय खेलकुदको आयोजना, कर्मचारी सेवा सर्त विनियमावली, जुनियर विद्यालय खेलकुद प्रतियोगिता कार्यविधि र राष्ट्रपति रनिङ सिल्डलगायत सातवटा मुख्य एजेन्डा रहेको राखेपका एक बोर्ड सदस्यले बताए।

    गत मंसिर २ गते नै दशौं राष्ट्रिय खेलकुद आयोजनाको मिति नवौं सम्पन्न भएलगत्तै घोषणा भएको थियो। दशौं खेलकुद आयोजनाका लागि सरकारले ६० करोड रूपैयाँ बजेट पनि विनियोजन गरिसकेको थियो। तर, मन्त्री चौधरीले बोर्ड बैठकसँगै निर्धारित समयमा खेलकुद आयोजना चासो दिएनन्।

    पछिल्ला समय राखेपका बोर्ड सदस्यहरूले नै सामाजिक सन्जालमा नै बोर्ड बैठक राख्न नसकेको र दशौं राष्ट्रिय खेलकुद आयोजनामा मन्त्रीले चासो नदिएको भन्दै आलोचना गरेका थिए। खेलकर्मीले पनि मन्त्रीको आलोचना गर्न थालेपछि अन्ततः बोर्ड बैठक राख्न उनी तयार भएका हुन्।

    मन्त्री चौधरीले आफूअनुकूल बोर्डमा समीकरण नभएको भन्दै बैठक राख्न तयार नभएकाले उनी निकटस्थले बताउँदै आएका थिए। पछिल्ला केही महिनायता नै राखेपमा उपाध्यक्ष र केही सदस्यलगायत पद रिक्त छन्। तर, मन्त्रीले उक्त पदमा नियुक्ति प्रक्रिया पनि अगाडि बढाउन सकेका छैनन्।

     

     

     

    साभार नागरिक

    Post Views: 181
    प्रकाशित मिति: २०८१ मंसिर १०, सोमबार १८:२७
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?
    ताजा अपडेट
    • १. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • २. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ३. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ४. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    • ५. ०४८ यता सार्वजनिक पदमा रहेकाको सम्पत्ति छानबिन गर्न १५ दिनभित्र समिति गठन

    चर्चित
    • १. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.