• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

मह बेचेर चार लाख बढी आम्दानी गर्दै रूपबहादुर

  •  माउण्टेन संवाददाता
  • २०८१ मंसिर ९, आईतवार २०:५८ प्रकाशित
    • अ-
    • अ
    • अ+

    मुगु, मंसिर ९ गते / जिल्लाको छायाँनाथरारा नगरपालिका–६ लिउँडी गाउँका रूपबहादुर सेजुवालले मह बेचेर वार्षिक चार लाख रूपैयाँ बढी आम्दानी गर्दै आएका छन्। पुर्ख्याैली पेसालाई निरन्तरता दिँदै मौरीपालन व्यवसायबाट सबै खर्च कटाएर चार लाख रूपैयाँ बढी आम्दानी गर्दै आएका हुन्।

    रूपबहादुरले आफ्ना बाबुबाजेले थालेको मौरीपालन पेसालाई परम्परागत काठेघारको प्रयोग गरी निरन्तरता दिइरहेको बताए। उनका अनुसार हालसम्म कुनै पनि सरकारी निकाय वा अन्य संस्थाबाट आर्थिक तथा प्रविधिक सहयोग पाएको छैन।

    रूपबहादुरले भने, “बाबुको सीप र क्षमता अनुसरण गरेर व्यवसायलाई निरन्तरता दिँदै छु। सरोकार भएका निकायबाट आर्थिक तथा प्राविधिक सहयोग पाएका मौरीपालन पेसालाई व्यावसायिक बनाउने योजना थियो।”

    उनले परम्परागत तरिकाले तयार गरिएको महको गुणस्तरलाई स्थानीय तथा सदरमुकामका उपभोक्ताले निकै रुचाउने प्रतिक्रिया आइरहेको बताए।

    “ग्राहकहरू मह किन्नका लागि घरमै आइपुग्ने गर्नुहुन्छ। उत्पादित मह लिन टाढाबाट पनि ग्राहक आउनुहुन्छ। वर्षमा दुई पटक मह निकाल्ने र बेच्ने गरेको छु। त्यसैबाट घरका दश जनाको परिवारको खर्च व्यवस्थापन हुँदै आएको छ”, रूपबहादुरले भने।

    जेठ र कात्तिक गरी दुई पटक मह निकालेर बेच्दा सबै खर्च कटाउर चार लाख रूपैयाँ आम्दानी हुने गरेको उनले बताए।

    आधुनिक घारभन्दा हिमाली मौरी काठका परम्परागत घारमा बस्न रुचाउने भन्दै रूपबहादुरले यहाँ उत्पादित मह सतप्रतिशत र्गानिक र गुणस्तरीय हुने दाबी गरे।

    सदरमुकाम गमगढी बजारबाट तीन घण्टा पैदल दूरीमा रहेको लिउँडी गाउँका रूपबहादुरका लागि यो पेसा आम्दानीको स्रोत मात्र नभइ पुर्ख्याैली व्यवसायको एक नमूना पनि हो। परम्परागत काठेघारमा मौरीपालनको सुरुवात उनका बुबाले गरेका थिए। विकट बस्तीमा मौरीपालनका कठिनाइसँग जुध्दै उनले व्यावसायिक उत्साह र परिश्रमले जिल्लामा मौरीपालनको उदाहरणीय नमूना प्रस्तुत गरिरहेका छन्।

     

     

     

    साभार नागरिक

    Post Views: 160
    प्रकाशित मिति: २०८१ मंसिर ९, आईतवार २०:५८
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.