• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

सहकारी ठगीमा रवि लामिछानेसहित चारै जनाको म्याद १५ दिन थपियो

  •  
  • २०८१ मंसिर ९, आईतवार १८:०२ प्रकाशित
    • अ-
    • अ
    • अ+

    पोखरा, मंसिर ९ गते / सहकारी ठगी, सङ्गठित अपराध तथा सम्पत्ति शुद्धीकरणको मुद्दामा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेसहित चारै जना थप १५ दिन हिरासतमै रहने भएका छन् ।कास्की जिल्ला अदालतका न्यायाधीश भीमलाल बेलबासेकाे इजलासले रविसिहत चारै जनालाइ १५ दिन हिरासतमै राखेर अनुसन्धान गर्न अनुमति दिएकाे हाे ।

    जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका चारै जनालाई म्याद थपका लागि आज बिहान १० बजे नै कास्की जिल्ला अदालतमा उपस्थित गराइएको हो । रविसँगै पूर्वडीआईजी छविलाल जोशी, लिला पछाई र व्यवसायी रामबहादुर खनालकाे म्याद थपिएकाे हाे ।कार्तिक २ गते शुक्रबार काठमाडौँबाट पक्राउ परेका लामिछानेलाई शनिबार ३ गते बिहान कास्की ल्याइएको थियो ।

    कास्की जिल्ला अदालत कात्तिक ४ मा छ, कात्तिक ८ मा सात, कात्तिक २० मा १० र कात्तिक २५ मा १३ दिन म्याद थप भएकाे थियाे ।

    यसबीचमा उनलाई रुपन्देहीसमेत पुर्‍याइएको थियो । बुटवलको सुप्रिम सहकारीको बचत रकम हिनामिनामा उनीसँग चार दिनमा करिब २२ घण्टा लगाएर बयान लिइएको थियो । बयानमा क्रममा सोधिएका ६० प्रश्नमा उनले इन्कारी जवाफ दिएको बताइन्छ ।

    रविलाइ केही दिनमै काठमाडौँ लैजाने तयारी छ । सहकाी ठगीमा लामिछानेलाई बयानका लागि काठमाडौँ पठाउने विषयमा छलफल भइरहेको डीएसपी वसन्तकुमार शर्माको भनाइ ।

    काठमाडौँमा जोशीको भने बयान लिइसकेको छ । जोशी असोज ६ गते पक्राउ परेका थिए । उनलाई कात्तिक २५ छैटौँ पटक १३ दिनको म्याद थप भएको थियो ।

    यस्तै, सूर्यदर्शन सहकारीको रकम अपचलनमै कास्की प्रहरी हिरासतमा रहेका लीला पछाइ र व्यवसायी रामबहादुर खनाललाई पनि अदालतले कात्तिक २५ गते १३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो ।

    सूर्यदर्शन सहकारीकै रकम अपचलन आरोपमा कुमार रम्तेल पनि कास्की प्रहरी हिरासतमै छन् । उनीमाथि पनि अनुसन्धान जारी छ । उनलाई काठमाडौँमा बयान सकेर केही दिन अघि नै कास्की फर्काइएको थियो ।

    लाछिानेसहितलाई अदालत पुर्‍याइएसँगै शहीदचोक, राष्ट्रबैंकचोक, वाईचोक, बैदाम क्षेत्रमा सुरक्षा व्यवस्था कडा बनाइएको थियाे । यी क्षेत्रमा सयौँका सङ्ख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी खटाइएको थियाे । सुरक्षाकर्मीले त्यस क्षेत्रमा सवारी सञ्चालनमा पनि रोक लगाएको थियाे ।

     

     

     

    साभार हाम्राकुरा

    Post Views: 169
    प्रकाशित मिति: २०८१ मंसिर ९, आईतवार १८:०२
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.