• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

महाराष्ट्रमा मतगणना, भाजपाको महायुति गठबन्धनलाई भारी बहुमत

  •  माउण्टेन संवाददाता
  • २०८१ मंसिर ८, शनिबार १०:५३ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौँ, मंसिर ८ गते / भारतको महाराष्ट्रमा विधान सभा निर्वाचनको मतगणना भइरहेको छ । मतगणनामा भारतीय जनता पार्टी भाजपाको गठबन्धन महायुति भारी बहुमततर्फ अगाडि बढेको छ

    प्रारम्भिक गणनाअनुसार २८८ सिटका लागि भएको मतगणनामा २१० सिटमा भाजपा अगाडि रहेको छ । विपक्षी गठबन्धनले मात्र ६३ सिटमा अग्रता लिएको छ । अन्यले १३ सिटमा अग्रता लिएका छन् ।

    भाजपा नेतृत्वको महायुति गठबन्धनमा भाजपा, शिवसेना र राष्ट्रवादी काङ्ग्रेस पार्टी छन् ।

    विपक्षी महाविकास अघाडी (एमभीए) मा काङ्ग्रेस, शिव सेना (यूबीटी) र राकांपा (शरदचन्द्र पवार) छन् ।

    यो आँकडाले महाराष्ट्रमा भाजपा छाएको छ ।

    मतदानमा ५८.२२ प्रतिशत भोट खसेको थियो ।

    मतदानका क्रममा बीड विधानसभा क्षेत्रमा निर्दलीय प्रत्यासी बाला साहब शिन्देको मतदान केन्द्रमा नै हृदयाघातबाट मृत्यु भएको थियो ।

    मुख्यमन्त्री एकनाथ शिन्दे परिवारका साथमा ठाणेमा मतदान गर्न गएका थिए ।

    एग्जिट पोलले पनि बनाएको थियो भाजपा गठबन्धनलाई विजयी 

    म्याट्रिजको एग्जिट पोलका अनुसार महाराष्ट्रमा सत्ता गठबन्धनको महायुतिको १५० देखि १७० सिट आउन सक्नेछ । त्यस्तै एमबीएको ११० देखि १३० सिट र अन्यको बढीमा १० सिटसम्म आउन सक्ने अनुमान गरिएको छ ।

    चाणक्य स्ट्राटिजिजको एग्जिट पोलका अनुसार महायुतिले १५२ देखि १६० सिट जित्न सक्नेछ । एमबीए गठबन्धनले १३० देखि १३८ सिट जित्ने अनुमान छ । बाँकीले ८ सिटसम्म जित्ने अनुमान गरिएको छ ।

    जेभीसीको एग्जिट पोलअनुसार महायुतिले १५९ सिट, एमबीएले ११६ सिट र बाँकीले १३ सिट जित्ने अनुमान गरिएको छ ।

    त्यो भन्दा निकै माथि भाजपा गठबन्धन दखिएको छ ।

    झारखण्डमा पनि मतगणना

    झारखण्डमा पनि मतगणना भइरहेको छ । ८१ सिट रहेको झारखण्डमा झामुमो गठबन्धनले ५१  सिटमा अग्रता लिएको छ भने भाजपाले २८ सिटमा मात्र अग्रता लिएको छ । अन्यले २ सिटमा अग्रता लिएको छ ।

    Post Views: 217
    प्रकाशित मिति: २०८१ मंसिर ८, शनिबार १०:५३
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.