• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

बढैयातालमा आयोजित बक्तृत्वकलामा अधिकारी प्रथम

  •  दलबहादुर सुनार
  • २०८१ मंसिर ७, शुक्रबार ११:५० प्रकाशित
    • अ-
    • अ
    • अ+

    बर्दिया, मंसिर ७ गते / यूवा संजाल बढैयातालले बक्तृत्वकला प्रतियोगितागर्दै ३५ औं अन्तर्राष्ट्रिय बाल दिवसको मनाएको छ । २० नोभेम्बर बुधवारका दिन बढैयाताल गाउँपालिकाको समन्वय र बाँके यूनेसको क्लबको सहयोगमा भविष्यलाई सुनौ भन्ने मुल नाराका साथ बक्तृत्वकला प्रतियोगिता गरिएको हो ।

    विश्वभरका बालबाललिकाको अधिकारको सुनिश्चितता होस भन्ने उद्देश्यले मनाइने दिवसको अवसर पारेर युवा संजाल बढैयातालले “मर्यादिद महिनावारी हामी सबैको जिम्मेवारी भन्ने वियषयकमा मा.बि. स्तरिय बक्तृत्वकला प्रतियोगिता आयोजना गरेको छ । प्रतियोगितामा भगवती सस्कृत तथा साधारण मा.बि तिलकाना, ज्ञान ज्योति मा.बि. छत्रनगर, सरस्वती मा.बि. जगतिया, भवानी मा.बि. सिमरा, ने.रा.मा.बि. पडेरिया र ने.रा.मा.बि. गोब्रेपुरका छात्र छात्राले प्रतियोगितामा भाग लिएका थिए । प्रतियोगितामा भगवती सस्कृत तथा साधारण मा.बि तिलकानाका छात्र बिकास अधिकारी प्रथम, ज्ञान ज्योति मा.बि. छत्रनगरकी छात्रा खिमा गन्दर्भ द्धितिय, सरस्वती मा.बि. जगतियातका छात्र निश्चल परियार तृतिय भए ।

    भवानी मा.बि. सिमराकी छात्रा तिर्सना रेग्मी सान्त्वना हुनु भएको निर्णायक मण्डलकी संयोजक तथा शिक्षा शाखाकी प्रतिनिधी बिमला गुरुङ्गले जानकारी दिनुभयो । प्रतियोगिताका बिजेताहरुलाई पुरस्कार स्वरुप स्टेशनरी प्रदान गरिएको बाके युनेस्को क्लब बढैयातालका सुपरभाइजर राम बहादुर थारुले बताउनु भयो । संयुक्त राष्ट्रसंघको महासभाबाट सन १९८९ को २० नोभेम्बरमा बाल अधिकार सम्बन्धी पारित भएको महासन्धीको नेपाल पक्ष राष्ट्र भएको ३४ वर्ष पुराभई ३५ औ वर्षमा प्रबेश गरेको अवसरमा आयोजित कार्यक्रम पालिका स्तरिय युवा संजालले आयोजना गरेको हो ।

    यूवा संजालकी अध्यक्ष स्वस्तिका खड्काको अध्यक्षता तथा बढैयाताल गाउँपालिका वडा नम्बर ६ का अध्यक्ष शुक्रराज सापकोटाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बढैयाताल गाउँपालिकाकी उपाध्यक्ष तथा बिशिष्ट अतिथि लक्ष्मी अधिकारी, शिक्षक कमल नाथ सुवेदी, गोचाली युवा क्लबका अध्यक्ष सिद्धान्त थारु लगाएतले युवा संजालद्वारा आयोजित कार्यक्रमको प्रशंसा गर्नु भएको छ । कार्यक्रममा वडा नम्बर ६ का सदस्य गोबिन्दराम थारु, स्थानिय बिद्यालयका शिक्षक, बिद्यार्थी, युवा संजालका सदस्यहरु लगाएतको सहभागिता रहेको कार्यक्रमको युवा संजालकी सचिब प्रतिक्षा न्यौपानेले संचालन र कपिल परियारले स्वागत गर्नु भएको थियो

    Post Views: 216
    प्रकाशित मिति: २०८१ मंसिर ७, शुक्रबार ११:५०
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.