• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

बर्दिया कप २०८१ टि–२० क्रिकेट प्रतियोगिता मंसिर ८ देखी शुरु

  •  मुरलि गोडिया
  • २०८१ मंसिर ७, शुक्रबार ११:२६ प्रकाशित
    • अ-
    • अ
    • अ+

    बर्दिया, मंसिर ७ गते / बर्दियाको गुलरियामा टि–२० क्रिकेट प्रतियोगिता बर्दिया कप २०८१ संचालन हुने भएको छ । जिल्ला क्रिकेट संघ बर्दियाको अयोजनामा आउँदो मंसिर ८ गते शनिबारबाट गुलरिया नगरपालिका बडा नम्बर ४ स्थित कबर्ड हल मैदानमा प्रतियोगिता हुने भएको हो । नगर, क्लब तथा कलेजलाई लक्षित गरि क्रिकेट प्रतियोगीता गराउन लागिएको जिल्ला क्रिकेट संघका सचिव संजिव सोमैले विहिबार पत्रकार सम्मेलनको आयोजना गरि जानकारी गराउनु भएको छ ।

    प्रतियोगीतामा प्रथम पुरस्कार ५० हजार ५ सय, द्वितियलाई २५ हजार, म्यान आफ दि म्याचलाई १ हजार र ट्रफी, बेस्ट ब्याट्स म्यान, बलर, इमरजेङ्गलाई २ हजार ५ सय र प्लेअर अफ दि सिरिज हुनेलाई ५ हजार पुरस्कार रकम रहेको छ । बर्दिया जिल्लाका विभिन्न पालिकाका गरि ५ वटा टिम दर्ता भएका छन । जसमा जनजागृति युवा क्लब मधुवन, बर्दिया क्रिकेट एकेडेमी (ए) र बर्दिया क्रिकेट एकेडेमी (बी) गुलरिया, राजापुर नगरपालिका क्लब राजापुर र कृष्णसार युथ स्पोर्ट क्लब गुलरिया रहेको जिल्ला क्रिकेट संघ बर्दियाले जनाएको छ ।

    पहिलो खेल मंसीर ८ गते मध्यन्न १२ बजे देखी शुरु भई मंसीर १४ गते सम्म संचालन हुने आयोजकले जनाएको छ । खेल आई.सि.सि नियम अनुसार खेलाइने, खेल ड्युिस (लेदर) बलद्वारा टि–२० फर्मेटमा खेलाईने, खेलाडीहरूले अनिवार्य रूपमा कलर जर्सी लगाउनु पर्ने, खेलाडी संख्या जम्मा १४ र १ जना व्यवस्थापक र टिम कोच गरि १६ जना गरि १६ जना हुनुपर्ने नियम रहेको संघका सदस्य सिदार्थ श्रेष्ठले बताउनु भयो ।

    उक्त खेलमा बर्दियाका १० खेलाडी र अन्य जिल्लाका ४ खेलाडी परिचय खुल्ने गरि राख्न सकिने बताइएको छ । खेल लिग सिस्टमबाट खेलाईने बताउँदै श्रेष्ठले खेलमा सामान्य चोटपटक लागेमा आयोजकले नै हेर्नेछ भने सहभागीहरूले बिपी टिम बिरुद्ध कुनै दावी गर्नु परेमा खेल सकिएको ३० मिनेट भित्र स–प्रमाण, बिरोध पत्र नगद रु ३ हजार ५ सय सहित सचिवालयमा सम्पर्क गर्नुपर्ने पत्रकार सम्मेलनमा बताउनु भयो

    Post Views: 255
    प्रकाशित मिति: २०८१ मंसिर ७, शुक्रबार ११:२६
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?
    हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’
    ताजा अपडेट
    • १. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • २. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ३. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    • ४. ०४८ यता सार्वजनिक पदमा रहेकाको सम्पत्ति छानबिन गर्न १५ दिनभित्र समिति गठन

    • ५. एफएटीएफको सर्त : उच्चपदस्थको सम्पत्ति छानबिन मात्र होइन, जफत नै गर्नुपर्छ

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.