• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

विश्व चर्पी दिवसको अवसरमा वक्तृत्वकला प्रतियोगिता

  •  माउण्टेन संवाददाता
  • २०८१ मंसिर ५, बुधबार १०:५६ प्रकाशित
    • अ-
    • अ
    • अ+

    बर्दिया, मंसिर ५ गते /  विश्व चर्पी दिवसको अवसरमा गेरुवा गाउँपालिकामा ‘चर्पीको उचित प्रयोग गरौं, अरू प्रयोगकर्ताका लागी चर्पी सफा राखौँ’ विषयक अन्तर विद्यालयस्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ ।

    वाटरएड नेपालको आर्थिक सहयोग, व्याकवार्ड सोसाइटी एजुकेशन (बेस), राष्ट्रिय अपांगता महासंघ नेपाल, नेपाल प्रजनन स्याहार केन्द्रको प्राविधिक सहयोग र गेरुवा गाउँपालिकाको समन्वयमा पशुपति माध्यमिक विद्यालय पशुपतिनगरमा प्रतियोगिता सम्पन्न भएको हो ।

    कार्यक्रममा वाटरएड नेपालका परियोजना व्यवस्थापक उमाशंकर यादवले नेपालको संविधान २०७२ को धारा ३५ को ४ मा सबै नागरिकलाई स्वछ खानेपानी तथा सरसफाइको हक हुने छ भनि मौलिक हककै रुपमा उल्लेख गरेकाले सबैको सरसफाइमा पहुँच हुनुपर्ने बताउँदै शौचालयमा अपागंता भएका व्यक्तिहरुको समेत पहुँच हुनुपर्ने बताए । उनले चर्पीले रोगबाट बचाउनुका साथै इज्जत र सम्मान बढाउने उल्लेख गरे ।

    सबै नागरिकले चर्पी प्रयोग गरी सरसफाइ स्वयंले गरी स्वच्छता प्रवर्द्धन गर्नुपर्ने बताउँदै यादवले स्थानीय सरकारले पनि प्रयोगमैत्री शौचालय प्रवर्द्धन गरी पूर्ण सरसफाइ नीति बनाइ अगाडि बढ्न आग्रह गरे ।

     

    प्रतियोगितामा बेसद्वारा सञ्चालित वाश गेन्स परियोजनाले समेटेका ६ वटा विद्यालयका आधारभूत तहका ९ जना छात्र छात्रा सहभागी भएका थिए ।

    ‎प्रतियोगितामा पशुपति माध्यमिक विद्यालयका छात्रा रमा परियार प्रथम तथा सरस्वती आधारभूत विद्यालय विन्द्राका छात्र निमेश सिंह र जानकी माध्यमिक विद्यालय जनकनगरका छात्रा भुमिका थारू क्रमश: द्वितीय र तृतीय भएका छन् । प्रतियोगितामा जनता परिक्षिद नरसिंह अधारभूत विद्यालयका छात्र निखिल आचार्यले सान्त्वना स्थान प्राप्त गरे ।

    प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना स्थान प्राप्त गर्ने विद्यालयका छात्र छात्राहरु तथा शिक्षक प्रतिनिधिहरुलाई गेरुवा गाउँपालिका वडा नं. ५ का वडा अध्यक्ष धर्मप्रकाश थारु, वाटरएड नेपालका परियोजना ब्यवस्थापक उमाशंकर यादवले संयुक्तरुपमा सरसफाइका सामाग्रीहरु प्रदान गरेका थिए ।

     

     

     

    साभार, मध्यान्ह

    Post Views: 151
    प्रकाशित मिति: २०८१ मंसिर ५, बुधबार १०:५६
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.