• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

हात्तीबाट अन्न बचाउन सामुदायिक अन्नभण्डारण स्थल निर्माण

  •  माउण्टेन संवाददाता
  • २०८१ मंसिर ५, बुधबार १०:२१ प्रकाशित
    Oplus_0
    • अ-
    • अ
    • अ+

    बर्दिया,मंसिर ५ गते / जंगली हात्तीबाट अन्न तथा खाद्यन्न बचाउन मधुवन नगरपालिकामा ‘हात्ती मेरो साथी सामुदायिक अन्न भण्डार’ निर्माण गरिएको छ । मधुवन नगरपालिका–१ पत्थरबोझी र वडा नंम्बर ३ भगरैयामा सामुदायिक अन्न भण्डार निर्माण गरिएको हो । मंसिर ३ गते सोमबार नवनिर्मित दुई सामुदायिक अन्न भण्डारको आइतबार लुम्बिनी प्रदेश सामाजिक विकास मन्त्रालयका मन्त्री जन्मजय तिमिल्सिनाले उद्घाटन गरेका छन् । खाता करिडोर स्थापना भय संगै वन्यजन्तुको आवागमन बढी छ । जंगली हात्तीले विगत देखि सर्वसाधारणले घरमा राखेको अन्न बाली खाने घर भत्काउने लगायतको हैरानी दिएको थियो । यो हैरानीबाट बचाउनको लागि सामुदायिक अन्न भण्डारको निर्माण गरिएको छ । हात्तीले खान नपाउने गरि अग्लो र पक्की बलियो संरचना निर्माण गरिएको छ । जुन भवनमा हात्ती प्रभावित समुदायका सर्वसाधारणले आफ्नो अन्नबाली तथा खाद्यन्न राख्न सक्नेछन् ।

    आन्तरिक तथा बाह्य पर्यटनलाई जंगली जनावरलाई देखाएर हामीले आर्थिक लाभ लिईरहेको लुम्बिनी प्रदेश सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिनाले बताए । ‘जंगली जनावरले राम्रो पनि छ,’मन्त्री तिमिल्सिनाले भने,‘त्यसको साथसाथै जंगली जनावरबाट चुनौती पनि छ ।’ जंगली जनावर र समुदायको संरक्षणको लागि सरकारले धेरै खर्च गरेर जनशक्ति परिचालन गरेको मन्त्री तिमिल्सिनाले सुनाए । उज्यालो नेपालले निर्माण गरेको ‘हात्ती मेरो साथी सामुदायिक अन्न भण्डार’ले समाजमा पछि परेका समुहको लागि सकारात्मक सन्देश दिएको मन्त्री तिमिल्सिनाले बताए । ‘निर्माण गरिएको यस अन्न भण्डार भवनमा सुरक्षितसाथ आफ्नो अन्न राख्न सकिन्छ,’मन्त्री तिमिल्सिनाले भने,‘समुदायलाई हस्तान्तरण गरिएको अन्न भण्डार भवनको संरक्षण गर्नु हाम्रै दायित्व हो ।’

    मधुवन नगरपालिका अन्र्तगत हात्ती मेरो साथी अभियान विगत तीन चार वर्ष देखि संचालन भईरहेको उज्यालो नेपालका अध्यक्ष नवराज न्यौपानेले बताए । ‘समुदायमा परेको दुखको कसरी सहजीकरण गर्न सकिन्छ, त्यहि अनुसार काम गरिएको छ,’अध्यक्ष न्यौपानेले भने,‘यस ठाउँको समुदायको माग अनुसार नै अन्न भण्डारको निर्माण गरिएको हो ।’

    वन्यजन्तुको कारणले निकै प्रभावित भएको मधुवन नगरपालिकाका नगर प्रमुख तेज बहादुर भाटले बताए । ‘कतिपयको ज्यान गएको छ, कतिपय घाईत भएका छन् र कतिपयको अन्नबाली जंगली जनावरले खाएका छन्’नगर प्रमुख भाटले भने,‘पहिला त्यति क्षति भएको थिएन ।’ खाता करिडोर स्थापना पश्चात बढी क्षति भईरहेको सुनाए । समुदायको सुरक्षाको लागि केन्द्र र प्रदेश सरकारको सहकार्यमा स्थानीय सरकारले काम गर्ने नगर प्रमुख भाटले भनाई राखे ।

    यस क्षेत्रबाट निर्वाचित हुँदैगर्दा माननिय तिमिल्सिनालाई मानव र वन्यजन्तु बिचको द्वन्द्व न्युनिकरणका लागि केही सुझाव दिएको बर्दिया राष्ट्रिय निकुञ्जका पुर्व वार्डेन रमेश थापाले बताए । ‘अहिले मन्त्री पनि हुनुभएको छ,’ पुर्व वार्डेन थापाले भने,‘मानव र वन्यजन्तु बिचको द्वन्द्व न्युनिकरणमा आगामी दिनमा पनि उहाँले काम गर्ने विश्वास छ ।’

    मधुवन नगरपालिकाको समन्वय,जिएनएफको आर्थिक तथा आइयुसिएनको प्राविधिक सहयोगमा उज्यालो नेपालद्वारा संचालित परियोजना अन्र्तगत ‘हात्ती मेरो साथी सामुदायिक अन्न भण्डार’को निर्माण भएको छ ।

    मधुवन नगरपालिका र उज्यालो नेपालको आर्थिक सहयोगमा अन्न भण्डारको निर्माण भएको छ । मधुवन नगरपालिका–१ पत्थरबोझी स्थित निर्माण भएको अन्न भण्डारको जम्मा लागत रु १३ लाख ३ हजार ९ सय ६९ रहेको छ । जसमा रु ९ लाख उज्यालो नेपालको, रु २ लाख ८७ हजार २ सय ६४ मधुवन नगरपालिकाको र रु १ लाख १६ हजार ७ सय ५ जनश्रमदान रहेको छ । त्यसैगरि मधुवन नगरपालिका–३ भगरैया स्थित निर्माण भएको अन्न भण्डारको जम्मा लागत रु १२ लाख ९९ हजार १ सय ५८ रहेको छ । रु ९ लाख उज्यालो नेपालको, रु ३ लाख मधुवन नगरपालिकाको र रु ९९ हजार १ सय ५८ जनश्रमदान रहेको जनाईएको छ ।

    हात्तीबाट अन्न बचाउन सामुदायिक अन्न भण्डार निर्माण
    बर्दिया,मंसिर ५ गते /
    जंगली हात्तीबाट अन्न तथा खाद्यन्न बचाउन मधुवन नगरपालिकामा ‘हात्ती मेरो साथी सामुदायिक अन्न भण्डार’ निर्माण गरिएको छ । मधुवन नगरपालिका–१ पत्थरबोझी र वडा नंम्बर ३ भगरैयामा सामुदायिक अन्न भण्डार निर्माण गरिएको हो । मंसिर ३ गते सोमबार नवनिर्मित दुई सामुदायिक अन्न भण्डारको आइतबार लुम्बिनी प्रदेश सामाजिक विकास मन्त्रालयका मन्त्री जन्मजय तिमिल्सिनाले उद्घाटन गरेका छन् । खाता करिडोर स्थापना भय संगै वन्यजन्तुको आवागमन बढी छ । जंगली हात्तीले विगत देखि सर्वसाधारणले घरमा राखेको अन्न बाली खाने घर भत्काउने लगायतको हैरानी दिएको थियो । यो हैरानीबाट बचाउनको लागि सामुदायिक अन्न भण्डारको निर्माण गरिएको छ । हात्तीले खान नपाउने गरि अग्लो र पक्की बलियो संरचना निर्माण गरिएको छ । जुन भवनमा हात्ती प्रभावित समुदायका सर्वसाधारणले आफ्नो अन्नबाली तथा खाद्यन्न राख्न सक्नेछन् ।
    आन्तरिक तथा बाह्य पर्यटनलाई जंगली जनावरलाई देखाएर हामीले आर्थिक लाभ लिईरहेको लुम्बिनी प्रदेश सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिनाले बताए । ‘जंगली जनावरले राम्रो पनि छ,’मन्त्री तिमिल्सिनाले भने,‘त्यसको साथसाथै जंगली जनावरबाट चुनौती पनि छ ।’ जंगली जनावर र समुदायको संरक्षणको लागि सरकारले धेरै खर्च गरेर जनशक्ति परिचालन गरेको मन्त्री तिमिल्सिनाले सुनाए । उज्यालो नेपालले निर्माण गरेको ‘हात्ती मेरो साथी सामुदायिक अन्न भण्डार’ले समाजमा पछि परेका समुहको लागि सकारात्मक सन्देश दिएको मन्त्री तिमिल्सिनाले बताए । ‘निर्माण गरिएको यस अन्न भण्डार भवनमा सुरक्षितसाथ आफ्नो अन्न राख्न सकिन्छ,’मन्त्री तिमिल्सिनाले भने,‘समुदायलाई हस्तान्तरण गरिएको अन्न भण्डार भवनको संरक्षण गर्नु हाम्रै दायित्व हो ।’

    मधुवन नगरपालिका अन्र्तगत हात्ती मेरो साथी अभियान विगत तीन चार वर्ष देखि संचालन भईरहेको उज्यालो नेपालका अध्यक्ष नवराज न्यौपानेले बताए । ‘समुदायमा परेको दुखको कसरी सहजीकरण गर्न सकिन्छ, त्यहि अनुसार काम गरिएको छ,’अध्यक्ष न्यौपानेले भने,‘यस ठाउँको समुदायको माग अनुसार नै अन्न भण्डारको निर्माण गरिएको हो ।’
    वन्यजन्तुको कारणले निकै प्रभावित भएको मधुवन नगरपालिकाका नगर प्रमुख तेज बहादुर भाटले बताए । ‘कतिपयको ज्यान गएको छ, कतिपय घाईत भएका छन् र कतिपयको अन्नबाली जंगली जनावरले खाएका छन्’नगर प्रमुख भाटले भने,‘पहिला त्यति क्षति भएको थिएन ।’ खाता करिडोर स्थापना पश्चात बढी क्षति भईरहेको सुनाए । समुदायको सुरक्षाको लागि केन्द्र र प्रदेश सरकारको सहकार्यमा स्थानीय सरकारले काम गर्ने नगर प्रमुख भाटले भनाई राखे ।
    यस क्षेत्रबाट निर्वाचित हुँदैगर्दा माननिय तिमिल्सिनालाई मानव र वन्यजन्तु बिचको द्वन्द्व न्युनिकरणका लागि केही सुझाव दिएको बर्दिया राष्ट्रिय निकुञ्जका पुर्व वार्डेन रमेश थापाले बताए । ‘अहिले मन्त्री पनि हुनुभएको छ,’ पुर्व वार्डेन थापाले भने,‘मानव र वन्यजन्तु बिचको द्वन्द्व न्युनिकरणमा आगामी दिनमा पनि उहाँले काम गर्ने विश्वास छ ।’
    मधुवन नगरपालिकाको समन्वय,जिएनएफको आर्थिक तथा आइयुसिएनको प्राविधिक सहयोगमा उज्यालो नेपालद्वारा संचालित परियोजना अन्र्तगत ‘हात्ती मेरो साथी सामुदायिक अन्न भण्डार’को निर्माण भएको छ ।
    मधुवन नगरपालिका र उज्यालो नेपालको आर्थिक सहयोगमा अन्न भण्डारको निर्माण भएको छ । मधुवन नगरपालिका–१ पत्थरबोझी स्थित निर्माण भएको अन्न भण्डारको जम्मा लागत रु १३ लाख ३ हजार ९ सय ६९ रहेको छ । जसमा रु ९ लाख उज्यालो नेपालको, रु २ लाख ८७ हजार २ सय ६४ मधुवन नगरपालिकाको र रु १ लाख १६ हजार ७ सय ५ जनश्रमदान रहेको छ । त्यसैगरि मधुवन नगरपालिका–३ भगरैया स्थित निर्माण भएको अन्न भण्डारको जम्मा लागत रु १२ लाख ९९ हजार १ सय ५८ रहेको छ । रु ९ लाख उज्यालो नेपालको, रु ३ लाख मधुवन नगरपालिकाको र रु ९९ हजार १ सय ५८ जनश्रमदान रहेको जनाईएको छ ।

    Post Views: 550
    प्रकाशित मिति: २०८१ मंसिर ५, बुधबार १०:२१
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.