• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

नदीजन्य पदार्थ उत्खननका लागि सिफारिस

  •  
  • २०८१ मंसिर १, शनिबार १०:४७ प्रकाशित
    • अ-
    • अ
    • अ+

    दाङ, मंसीर १ गते / दाङमा  नदीजन्य पदार्थ उत्खननका लागि ३१ स्थानमा सिफारिस गरिएको छ । जिल्ला अनुगमन समितिले बबई गाउँपालिका, शान्तिनगर गाउँपालिका, दङ्गीशरण गाउँपालिका र गढवा गाउँपालिकामा रहेका विभिन्न घाटको स्थलगत अनुगमन गरी नदीजन्य पदार्थ उत्खननका लागि राष्ट्रपति चुरे तराई मधेश विकास समितिलाई सिफारिस गरेको हो ।

    नदीजन्य पदार्थ उत्खननका लागि सम्बन्धित पालिकाले घाटहरूमा प्रारम्भिक वातावरण अध्ययन प्रतिवेदन (आइइई) स्वीकृतिको काम गरिसकेकाले अनुगमन गरी सिफारिस गरिएको जिल्ला समन्वय समितिका संयोजकसमेत रहेका नित्यानन्द शर्माले जानकारी दिनुभयो । तोकिएको परिमाण र मापदण्डमा रहेर उत्खननका लागि चुरेमा सिफारिस गरिरहेको भन्दै जिल्ला अनुगमन समितिका संयोजक शर्माले भन्नुभयो, “राष्ट्रपति चुरे तराई मधेश विकास समितिले उत्खननका लागि पालिकालाई अन्तिम स्वीकृति दिएपछि पालिकाले उत्खनन गर्ने छन् ।”

    अनुगमन समितिले आइइई स्वीकृतिप्राप्त घाटहरूको स्थलगत अनुगमन गरी उपयुक्त स्थानमा तोकिएको मापदण्डमा उत्खनन गर्न र विकासनिर्माणलाई सहज बनाउन सिफारिस गरिएको संयोजक शर्माले बताउनुभयो । अघिल्ला वर्ष अनुगमन र ठेक्का प्रक्रियामा केही ढिलाइ भएकाले यो वर्ष समयमै ठेक्का लगाउन अनुगमनको काम सुरु गरिएको उहाँले बताउनुभयो । चुरेबाट स्वीकृति प्राप्त भएसँगै स्थानीय पालिकाले ती घाटबाट नदीजन्य पदार्थ आफैँ घाटगद्दी गरेर बिक्री गर्ने वा ठेक्का प्रक्रियामा जाने छन् ।

    दाङका सबै पालिका चुरे क्षेत्रमा पर्ने भएकाले नदीजन्य पदार्थ उत्खननका लागि अनुगमन समितिले स्थलगत अनुगमन गरेर चुरेमा सिफारिस गरेपछि मात्र चुरेले उत्खननका लागि अन्तिम स्वीकृति दिने गरेको छ । अनुगमन समितिले चुरेमा बबई गाउँपालिका–७ का बबई नदीको कालीतारा घाट, बेलासपुर घाट, ओदाले घाट, बबई–५ स्थित जलुके घाट, हुरुम घाट, मकैतारा ट्वाङ खोलाघाट, मकै दोभानघाट र बबई गाउँपालिका–६ स्थित टिकुलीगैरा क्षेत्र घाट र बबई गाउँपालिका–१ स्थित बबई नदीको कल्लेरी दोभान घाट रहेका छन् ।

    त्यसै गरी शान्तिनगर गाउँपालिका–७ स्थित बबई खोलाको गैरा तिलवारी घाट, शान्तिनगर–६ स्थित बबई नदीको डाँडा तिलवारी घाट, बौलाहाखोलाको कार्वाङ घाट, दङ्गीशरण गाउँपालिका अन्तर्गत पातुखोला, मायाखोला, बबई नदी, चिराघाटलगायतका विभिन्न सात स्थानमा उत्खननका लागि सिफारिस गरिएको समितिले जनाएको छ ।

    जिल्ला अनुगमन समितिले कार्यपालिकाबाट स्वीकृत भएको आइइई प्रतिवेदनमा तोकिएको सर्त तथा नदीजन्य ढुङ्गा, गिट्टी, बालुवा उत्खनन बिक्री तथा व्यवस्थापनसम्बन्धी मापदण्ड, २०७७ लगायत प्रचलित कानुन र मापदण्डको अधीनमा रही गढवाका विभिन्न घाटमा उत्खननका लागि चुरेमा सिफारिस गरेको छ । यसरी सिफारिस गरिएका घाटमा गढवा गाउँपालिकाको राप्ती नदी क्षेत्रमा बडहरा घाटका चार वटा क्षेत्र, रतनपुर घाट, खड्गपुर घाटका दुई क्षेत्र, धरमपुर घाटका दुई क्षेत्र, झारबैरा घाटका दुई क्षेत्र छन् ।

    राजपुर गाउँपालिका, राप्ती गाउँपालिका, बङ्गलाचुली गाउँपालिका, घोराही उपमहानगरपालिका र तुलसीपुर उपमहानगरपालिकामा नदीजन्य पदार्थ उत्खननका लागि अनुगमन हुन बाँकी रहेको जिल्ला अनुगमन समितिले जनाएको छ । अघिल्लो वर्ष सिफारिस भएका अधिकांश घाटमा ठेक्का लाग्न नसक्दा लक्ष्य अनुसारको राजस्व उठाउन सकेको थिएन

     

     

     

    साभार /गोरखापत्र

    Post Views: 168
    प्रकाशित मिति: २०८१ मंसिर १, शनिबार १०:४७
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.